होमपेज / समाज
दिपक शर्मा फागुन ९, सल्यान
यात्रुबाहक सवारी साधनमा सुरक्षित यात्राको लागि एक सवारी साधन एक स्टिकर अभियान सल्यानमा सञ्चालन गरिएको छ । जिल्लाका सम्पूर्ण सवारी साधनमा स्टिकर टाँस गरेर अभियानको सुरुवात गरिएको हो ।
यात्राको समयमा कोही कतैबाट पनि यात्रा अवधिभर सहज ढंगले यात्रा गर्नु नपरोस र सवारी दुर्घटना न्युनिकरण गर्न यस्तो अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए । सास्तिपूर्ण यात्रा भोगिरहेका यात्रु प्रत्यक्ष लाभान्वित हुने लक्ष सहित अभियान सञ्चालन गरिएको उनको भनाई छ ।
स्टिकरमा सवारी साधनमा महिलामाथि यौनहिंसा, दुव्र्यवहार भएमा, चालक सहचालकले मापासे गरेमा, अभद्र व्यबहार गरेमा बढी भाढा असुली गरेमा जिल्ला स्थित सम्प्ूर्ण प्रहरी युनिटहरुको स्थायी फोन नम्बर र प्रमुख जिल्ला अधिकारीको स्थायी नम्बरमा फोन गर्न अनुरोध गरिएको छ ।
यस्तै क्षामता भन्दा बढी यात्रु बोकेमा, सहचालकले सवारी चलाएमा, चालकले लापरवाही गरेमा, लामो दुरीमा एकै जना चालकले मात्र सवारी चलाएमा, आरक्षण सिटको कार्यन्वयन नगरेमा तथा कुनै पनि ट्राफिक नियम उलंघन गरेमा, चेकजाँचको क्रममा प्रहरीले दुव्र्यबहार गरेमा, शंकास्पद व्यक्ति वा फेला परेमा तत्काल स्टिकरमा लेखिएको नम्बरमा फोन गर्न आग्रह गरिएको छ ।
जिल्लामा चल्ने सम्पूर्ण साना तथा ठुला यात्रुबहाक सवारी साधनमा स्टिकर टाँस गरिने प्रहरी प्रमुख खतिवडाले बताए ।
जिल्ला प्रहरी कार्यालय सल्यान र छत्रेश्वरी गाउँपालिकाको सहकार्यमा सुरु भएको स्टिकर अभियानमा जिल्लाका प्रमुख पर्यटकिय स्थलहरुको फोटो समेत समावेश गरिएको छ ।
“घुम्न जाऔं सल्यान” नाम दिएर जिल्लाका प्रमुख पर्यटकिय स्थल बलि नदिइने छत्रेश्वरी शक्तिपिठ, जिल्लाकै अग्लो जथाक लेक, खैरावाङ मन्दिर र मिनि राराको रुपमा चिनिने कुपिण्डे तालको फोटो समावेश गरिएको छ ।
सवारी साधनमा सहज यात्राका साथै जिल्लाको आन्तरिक तथा वाह्रय पर्यटन प्रवद्धनमा यस अभियनले साथ दिने छत्रेश्वरी गाउँपालिका अध्यक्ष शन्तोष केसीले बताए ।





.jpg)