होमपेज / समाज
हिमाल शर्मा कात्तिक २०, सल्यान
जिल्ला प्रशासन कार्यालय सल्यानले यहि कात्तिक २७ गतेसम्म कार्यालयबाट हुने सेवाहरु स्थगित गरेको छ ।
कार्यालयका एक कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएका कारण कात्तिक २७ गतेसम्म सवै प्रकारका सेवाहरु स्थगित गरेको हो ।
कात्तिक १३ गतेदेखि कार्यालयबाट प्रदान गरिने सेवाहरु स्थगित गरेको प्रशासनले पुनः एक कर्मचारीमा कोरोना भाइरस देखिएपछि २७ गतेसम्म सेवाहरु स्थगित गरेको छ ।
शान्ति सुरक्षा, ठाडो उजुरी र निवेदनको कारवाही, मुद्दाको सुनुवाई तथा विपद् व्यवस्थापन सम्बन्धी कार्यहरु भने सुचारु रहेको सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेले जानकारी दिए । कार्यालयबाट प्रदान गरिने नागरिकता लगायतका अन्य सबै प्रकारका सेवाहरु स्थगित गरिएको उनको भनाई छ ।
सेवाग्राहीलाई मर्का नपर्ने गरी अत्यावश्यक सेवाका लागि (नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, नेपाल नयााँ भर्ना छनोट प्रक्रिया लगायत अन्य निकायमा दरखास्त दिने प्रयोजनको लागि) नेपाल सरकारले तोकेका स्वास्थ्य सम्बन्धी मापदण्डको पूर्ण रुपमा पालना हुने गरी जिल्ला प्रशासन कार्यालयबाट नियमित सेवाहरु सञ्चालन हुने प्रशासनद्धारा जारी सूचनामा उल्लेख गरिएको छ । यस्तै बागचौर नगरपालिका, कुमाख र दार्मा गाउँपालिकाका नागरिकहरुको लागि इलाका प्रशासन कार्यालय थारमारेबाट नागरिकता लगायतका सम्पूर्ण सेवाहरु सञ्चालनमा रहेको समेत उल्लेख गरिएको छ ।






.jpg)