होमपेज / समाज
हिमाल शर्मा कात्तिक १३, सल्यान
जिल्ला प्रशासन कार्यालय सल्यानमा कार्यरत कर्मचारीमा कोरोना देखिए पछि एक साताका लागि प्रशासनबाट प्रदान गरिने सेवा बन्द गरिएको छ ।
कर्मचारीमा कोरोना भाइरस देखिएपछि कार्यालयबाट प्रदान गरिने सम्पुर्ण सेवा एक साताको लागी स्थगित गरिएको जनाएको छ । कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कार्यालयबाट प्रदान गरिने नागरिकता लगाएतका सम्पूर्ण सेवा कात्तिक १३ गते देखी कात्तिक २० गते सम्म स्थगित गरिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।
कर्मचारीहरुको बिभिन्न मितिमा संकलित स्वावको पिसिआर परिक्षण गर्दा केही कर्मचारीमा कोरोना संक्रमण देखिएको र जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भिडभाड हुने भएकाले यसले झन् कोरोना भाइरस सर्ने उच्च जोखिम भएकाले एक साताका लागी सेवाहरु बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेले बताए ।
सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेले जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने शान्ति सुरक्षा, मुद्धाको सुनुवाई तथा बिपद् ब्यबस्थापन सम्बन्धी बाहेकका अरु सबै सेवाहरु स्थगित गरिएको जानकारी दिए । उनले कोरोना भाइरसको जोखिम उच्च भएकाले आबश्यक साबधानी अपनाउन जिल्लाबासीमा आग्रह समेत गरेका छन् । कोरोना पोजिटिभ देखिएका कर्मचारीहरुलाई आइसोलेसनमा राखिएको छ ।





.jpg)