ट्रेण्डिङ

होमपेज / समाज

सल्यानका किसानहरु टिमुर खेती तिर आर्कषित

  दिपक शर्मा २०७७ आश्विन २८ गते बुधबार १५:३४:५१ मा प्रकाशित

दीपक शर्मा असोज २८, सल्यान 
मनग्य आम्दानी हुने भएपछि सल्यानका किसानले व्यावसायिक टिमुर खेती गर्दै आएका छन् । घरायसी प्रयोजनका लागि प्रयोग गर्दै आएका किसानहरु राम्रो आम्दानी हुन थालेपछि व्यावसायिक खेतीमा लागेका हुन । 

स्थानीय सरकारले जडिबुटीको अनुसन्धान, विकास तथा खेती अन्तर्गत टिमुरलाई प्राथमिकताको सूचीमा राखेपछि किसानहरु टिमुर खेतीतर्फ आर्कषित हुँदै गएका हुन । ग्रामीण किसानहरुको जीवनस्तर उकास्न टिमुर निकै फलदायी रहेको बागचौर नगरपालिका ६ कोटबाराका कुल बहादुर वलीले बताए ।

गत वर्ष ७ क्विन्टल टिमुर विक्री गरेका वलीले यो वर्ष पनि ८ क्विन्टल जती हुने अनुमान गरेको बताए । 
सल्यानको हावापानी जडिबुटी खेतीका लागि उपयुक्त भएकाले आफूले पनि जडिबुटी खेतीमा लागेको छत्रेश्वरी गाउँपालिका वडा न २ का वडाध्यक्ष प्रेम खड्काले बताए । 

जिल्लामा वार्षिक १७ करोड भन्दा बढीको टिमुर निकासी हुँदै आइरहेको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ । विश्वभर फैलिएको कोरोना भाइरसका कारण निकासी नहुँदा यो वर्ष भने टिमुरले खासै मूल्य नपाएको व्यापारी हरी न्यौपानेले बताए । भारतका मुख्य कम्पनी डाबर र पतञ्जलीले माग नगरेपछि टिमुर थन्किएको उनको भनाई छ । अहिले तीन सय रुपैयाँमा कारोबार भएको उनको भनाई छ । विगतका वर्षहरुमा ६ सय रुपैयाँ देखि ८ सय रुपैयाँ किलोसम्म गएको टिमुर कोरोनाका कारण मूल्य नगएको उनको भनाई छ । 


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top