होमपेज / समाज
हिमाल शर्मा असोज २७, सल्यान
मनघरी फाउन्डेशन नेपाल काठमाण्डौले स्वास्थ्य सेवा कार्यालय सल्यानलाई १० थान पिपिई सामाग्री प्रदान गरेको छ ।
स्वास्थ्य सेवा कार्यालय सल्यानका अधिकृत ताराप्रसाद रिजाललाई शारदा नगरपालिका उपप्रमुख सावित्रा वस्नेतले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन । यसैविच मनघरी फाउन्डेशन नेपालले सल्यानका क्रियाशिल पत्रकारहरुलाई प्रेस ज्याकेट र कोरोना भाईरस संक्रमणवाट वच्न सेनेटाईजर, मास्क, शिल लगायतका समाग्री उपलब्ध गराएको छ।
कोरोना भाईरस संक्रमणवा वच्न सहयोग पुगोस भनेर सहयोग गरेको फाउन्डेशनका भरत वन्धु थापाले वतार्ए। नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतीक इच्छुक शर्माले महामारीको समयमा पत्रकारहरुलाई प्रेस जाकेट सहित स्वास्थ्य सुरक्षा समाग्री उपलब्ध गराएको धन्यवाद ज्ञापन गरेका छन् ।





.jpg)