ट्रेण्डिङ

होमपेज / समाज

४१ औं सामाजिक सेवा दिवसको अवसरमा सल्यान अस्पतालमा विरामीलाई फलफुल वितरण

  हिमाल शर्मा २०७७ आश्विन ८ गते बिहीबार ११:४३:१४ मा प्रकाशित

हिमाल शर्मा असोज ०८ सल्यान ।
४१ औं सामाजिक सेवा दिवसको अवसरमा सल्यान अस्पताल सल्यानका बिरामीहरुलाई फलफुल वितरण गरिएको छ ।

गैर सरकारी सस्था महासंघ जिल्ला शाखा सल्यानको आयोजनामा सल्यान अस्पताल सल्यानमा रहेका  बिरामीलाई फलफुल वितरण गरिएको हो । 

सल्यान अस्पताल  विकास  समिति अध्यक्ष चन्द्र प्रकाश वलि र सल्यान अस्पताल सल्यानका डा .भिमकान्त जैशिको सह भागितामा  बिरामीलाई फलफुल बितरण गरिएको हो । सो कार्यक्रममा गैर सरकारी सस्था महासंघका केन्द्रिय सदस्य दिपेन्द्र प्रकाश डि सी ले गैर सरकारी सस्था महासंघले प्रत्येक बर्ष सामाजिक सेवा दिवस मनाउने गरेकोले यस बर्ष पनि शुभकामना आदानप्रदान तथा दिवस  मनाउने बताए । 

 यस्तै अस्पताल विकास समितिका अध्यक्ष चन्द्र प्रकाश वलि ले गैर सरकारी सस्था महासंघ सल्यानले बिरामीलाई फलफूल बितरण गरेकोमा आयोजकलाई धन्यवाद ज्ञापन गरे  । गैर सरकारी सस्था महा संघ सल्यानले सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्ने बताए  । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top