ट्रेण्डिङ

होमपेज / समाज

जिल्लाको शान्ति शुरक्षामा खलल पुग्न नदिने प्रहरी प्रमुख थापाको प्रतिबद्धता

  हिमाल शर्मा २०७७ आश्विन ७ गते बुधबार २१:०९:३२ मा प्रकाशित

हिमाल शर्मा असोज ०७ सल्यान ।
सल्यानका प्रहरी प्रमुख गोबिन्द थापाले आफू  सल्यान जिल्लामा रहदा कुनै पनि शान्ति शुरक्षामा खलल पुग्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन्  ।  बुधबार जिल्लामा काम गर्ने मानव अधिकारकर्मी, संचारकर्मी,एवं कानुन व्यावसयाीहरु सँगको छलफलमा उनले यस्तो बताएका हुन  । 

सल्यान जिल्लामा बालविवाह बहु विवाह र घरेलु मदिरा आफैमा ठुला अपराध भएकोले यस्ता घट्ना लाई न्यूनीकरण गर्नको लागि सबैले सहयोग गर्नु पर्ने बताए । उनले भने  प्रहरी आफैले भन्दा पनि जिलाका सबै सरोकारवालाले यस्ता घट्नालाई न्यूनीकरण गर्न सहयोग गर्नु पर्छ  । अशिक्षा र अन्धबिश्वासका कारण सानै उमेरमा बाल बिबाह गर्ने र अमेर  परिपक्वता भए पछि अर्को सँग सम्बन्ध  जोडने गरेकाले बहु बिबाह गर्ने गरेको पाइएको थापाको भनाई छ  । 

सल्यान जिल्लामा लकडाउनको समय देखि हाल सम्म ५२ वटा आत्म हत्याका घटना घटेको बताए । जिल्लामा आत्महत्याका घट्ना धेरै भएकोले आफुले घट्नाको कारण पत्ता लगाउने र आउदा दिनमा आत्महत्याका घट्नामा कमि ल्याउने बताए। सार्बजनिक यातायातमा पनि धेरै गुनासो आउने गरेकोले यातायात व्यावसायीहरुलाई छलफलमा बोलाउने उनको भनाई छ  । 

छलफलमा नेपाल बार यसोसियसनका केन्द्रिय सदस्य एवं अधिवक्ता सि पि वलिले कानुनका बारेमा कुरा राख्दै एक तर्फी कुरा सुन्दा पनि दुबैका सुन्नु पर्ने बताए । छफलमा अकोराब कर्णाली प्रदेश कमिटी अध्यक्ष रमेश गौतमले सल्यान जिल्ला आफैमा शान्त जिल्ला भएकोले काम गर्न सजिलो हुने बताए। जिल्ला भित्रने र बाहिरीने नाकामा कडाइ गर्नु पर्ने उनको भनाई छ  । छलफल कार्यक्रममा  दलित बिकास समाज सल्यान अध्यक्ष निम ब नेपाली, मानव अधिकारकर्मी राम चन्द्र रेग्मी लगाएको सहभागिता रहेको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top