ट्रेण्डिङ

होमपेज / समाज

अन्न छाडेर अदुवा, बेसार खेती तिर सल्यानका किसान 

  दिपक शर्मा २०७७ आश्विन ७ गते बुधबार १५:५६:३२ मा प्रकाशित

दीपक शर्मा असोज ७, सल्यान 

अदुवा, बेसार खेतीबाट राम्रो आम्दानी हुन थालेपछि सल्यानका किसानहरू उत्साहित भएका छन् । थोरै क्षेत्रफलबाट पनि मनग्य आम्दानी गर्न सकिने भएपछि सल्यानका किसानहरू अन्नबाली छाडेर व्यावसायिक अदुवा बेसार खेतीमा लागेका छन् । 

परम्परागत खेती प्रणालीबाट जीविकोपार्जनमा समस्या उत्पन्न भएपछि माटोको अवस्था र बजार मागलाई ध्यान दिँदै उत्पादन सुरु गरिएको कालीमाटी गाउँपालिका १ बयालेका केरसिङ रावतले बताए । १० रोपनीमा व्यावसायिक बेसार खेती गर्दै आइरहेका रावतले वार्षिक झन्डै तीन लाख आम्दानी गर्दै आइरहेका छन् । उनले भने ‘गत वर्ष गिट्टी पारेको बेसार १० क्विन्टल र काचो ३० क्विन्टल विक्री गरेको हुँ । गिट्टी पारेको १६ हजार रुपैयाँ क्विन्टल र काँचो ४ हजार रुपैयाँ क्विन्टल विक्री गरेको हुँ ।’

 बारीमा अन्नबाली भन्दा अदुवा बेसार जस्तो नगदे बाली लगाउँदा दोब्बर आम्दानी लिही रहेको उनको भनाई छ । उनले भने ‘पहिले पहिले यस ठाउँका अधिकांश बासिन्दा कामको लागि भारत लगायत विदेश तिर जान्थे । तर अहिले घरपरिवारसँगै बसेर अदुवा बेसार खेती गरी रहेका छन् ।’ 

विगतमा वर्षहरूमा अदुवा बेसारले बजार नपाउँदा निराश बनेका किसानहरू पछिल्लो समय पुनः राम्रो मूल्य पाउन थालेपछि व्यावसायिक खेतीमा लागेको कालिमाटी गाउँपािलका ४ का हरी बहादु खड्रकाले बताए । उनले भने ‘पहिले घरमै खानको लागि मात्र लगाउथ्यौै अहिले बेच्ने गरी लगाउँछौँ । अन्नबाली लगाउँदा घरमै खान ठिक्क हुन्थ्यो अदुवा बेसार लगाउन थालेपछि घर खर्च चलाउन र छोराछोरी बढाउन सहयोग पुगेको छ ।’ गत वर्ष २५ क्विन्टल बिक्री गरेको बताउँदै यो वर्ष ९ रोपनीमा अदुवा र बेसार लगाएको उनको भनाई छ । 

सल्यानमा १ हजार ७ सय २० हेक्टर क्षेत्रफलमा अदुवा र ३ सय २५ हेक्टरमा बेसार खेती हुँदै आइरहेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । अन्नबाली भन्दा नगदे बालीको रूपमा रहेको अदुवा बेसारबाट राम्रो आम्दानी लिन सकिने भएपछि पछिल्लो समयमा सल्यानका किसानहरू अदुवा बेसार खेती तर्फ आकर्षित भइरहेको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशम कुमार बस्नेतले बताए । 

सल्यानमा अदुवा बेसार खेती वृद्धि कृषि प्रधानमन्त्री आधुनिकीकरण मार्फत जोन कार्यक्रम सञ्चालन गरिएको बस्नेतको भनाई छ । शारदा नगरपालिकाको वडा न ६, ७, १४ र १५, सिद्ध कुमाख गाउँपालिकाको वडा न १ देखि ५ र बागचौर नगरपालिकाको वडा न १ देखि २ सम्म अदुवा बेसार जोन कार्यक्रम सञ्चालन गरेको छ । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top