ट्रेण्डिङ

होमपेज / समाज

सल्यानबाट आजदेखि लामो तथा मध्यम दुरीका यातायात सञ्चालन

  हिमाल शर्मा २०७७ आश्विन ५ गते सोमबार १५:०२:५५ मा प्रकाशित

हिमाल शर्मा असोज ५, सल्यान 
कोरोना संक्रमणको जोखिमका कारण लामो समयदेखि बन्द रहेका लामो तथा मध्यम दुरीका सवारी साधन आजबाट सञ्चालनमा आएका छन् । नेपालमा कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले गत चैत ११ गतेबाट लकडाउन जारी गरेको थियो । 

लकडाउन खुकुलो भएपछि छोटो दुरीका सवारी सञ्चालन आएपनि लामो दुरीका यातायातका साधन आजबाट सञ्चालनमा आएको सल्यान रुकुम याताायात प्रा.लि.का अध्यक्ष अरविन्द कुमार राईले जानकारी दिए । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै गाडी सञ्चालन गरिएको उनको भनाई छ ।

 आजबाट रुकुम र सल्यानबाट काठमाण्डौका लागि गाडी छोडिएको उनले बताए । यस्तै मध्यम दुरीका दाङ, नेपालगञ्ज पनि गाडी सञ्चालनमा आएको राईको भनाई छ । यातायात सञ्चालन गर्दा विगतको भन्दा कम अर्थात कुल क्षामताको ५० प्रतिशत मात्रै यात्रुहरु राखेर यात्रा गराइने प्रा.लि.ले जनाएको छ । यद्यपी साविकको भाडाभन्दा ५० प्रतिशत बढाएर लिन पाउने निर्णय सरकारले गरेको छ । 
 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top