ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा झन्डै आठ हजारको पिसिआर परीक्षण

  हिमाल शर्मा २०७७ आश्विन ४ गते आइतबार १७:३०:३३ मा प्रकाशित

हिमाल शर्मा असोज ४,सल्यान 
सल्यानमा हालसम्म झन्डै आठ हजारको पिसिआर परीक्षण गरिएको छ । स्वास्थ्य कार्यालय सल्यानका अनुसार आइतबारसम्म ७ हजार ८ सय ६५ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । 

पिसिआर परीक्षणका लागि संकलन गरिएको स्वाब परीक्षणमा ७ हजार ४ सय ९२ जनाको रिर्पोट नेगेटिभ आएको छ भने ३ सय ४६ जनाको रिर्पोट पोजेटिभ आएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार २७ जनाको रिर्पोट आउन बाँकी रहेको छ । छत्रेश्वरी गाउँपालिकाका २४ र त्रिवेणी गाउँपालिकाका ३ गरी २७ जनाको पिसिआर रिर्पोट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले बताए । 

स्वास्थ्य कार्यालयका अनुसार शारदा नगरपालिकामा ६ सय ८३, बागचौर नगरपालिकामा ७ सय ७०, बनगाड कुपिण्डे नगरपालिकामा १ हजार ५ सय ६२, कुमाख गाउँपालिकामा ९ सय ४६, सिद्ध कुमाख गाउँपालिकामा ४ सय ७१ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षण गरिएको छ । 

यस्तै छत्रेश्वरी गाउँपालिकामा ४ सय ९३,त्रिवेणी गाउँपालिकामा १ सय ७५, कपुरकोट गाउँपालिकामा ४ सय ७१, कालिमाटी गाउँपालिकामा ५ सय ४१, दार्मा गाउँपालिकामा १ हजार १ सय ३४ र जिल्ला अस्पताल सल्यान र आइसोलेसन कक्ष लुहापिङमा ५ सय ६३ जनाको पिसिआर परीक्षण गरिएको कोरोना फोकल पर्सन पुनको भनाई छ  । 

यस्तै ४ हजार ६ सय ७२ जनाको आरडिटी परीक्षण गर्दा ४ हजार ६ सय २० जनाको नेगेटिभ र ५२ जनाको पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ । 
  
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top