ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा सेनाको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

  दिपक शर्मा २०७६ माघ २९ गते बुधबार १८:५८:१७ मा प्रकाशित

दिपक शर्मा माघ २९, सल्यान 
सल्यानमा नेपालीको सेनाको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सल्यानको सिमखर्क व्यारेकबाट बुटवल जाँदै गरेको लु १ ग १२३ नम्बरको गाडी बुधबार दिउसो कपुरकोट गाउँपालिका ३ चोरखोलामा दुर्घटना भएको हो । राप्ती लोकमार्गको सल्यान दार्ग सडक खण्डमा भीरबाट गाडी खस्दा  नेपाली सेनाका जमदार यादव भरेलको मृत्यु  हुनुका साथै ६ जना घाइते भएको प्रहरीले जनाएको छ । 
दुर्घटनामा परी जय प्रसाद बोहरा, विशाल गुरुङ, विपिन श्रेष्ठ, मोहनलाल थापा रोशन हिटन र इश्वर सिलवाल घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घाइतेहरुको दाङका विभिन्न अस्पतालमा उपचार भई रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top