होमपेज / समाज
दीपक शर्मा भदौ १९, सल्यान
सल्यानमा गत भदौ १ र ३ गते आएको अविरल वर्षासँगैको बाढी पहिराले ८ सय रोपनी बढी खेतिबाली तथा जमिनमा क्षति पुगेको पाइएको छ ।
बाढीपहिरोले खेतीयोग्य जमिन कटाउन गर्नुका साथै बालीनालीमा क्षति पु¥याएको छ ।
बाढीपहिरोले सबैभन्दा बढी बागचौर नगरपालिका र छत्रेश्वरी गाउँपालिकामा क्षति पु¥याएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।
कृषि कार्यालय सल्यानका अनुसार बागचौर नगरपालिकामा ३ सय रोपनीमा लगाएको मकै, ५५ रोपनीमा लगाएको आलुमा क्षति गरेको छ । .jpg)
यस्तै बनगाड कुपिण्डे नगरपालिकामा ४५ रोपनीमा लगाएको धानबालीमा क्षति पुगेको कृषि कार्यालयका सूचना अधिकारी रेशम बहादुर बस्नेतले जानकारी दिए ।
दार्मा गाउँपालिकामा २० रोपनीमा लगाएको मकै, कुमाख गाउँपालिकामा ६० रोपनीमा लगाएको धान, छत्रेश्वरी गाउँपालिकामा १ सय रोपनीमा लगाएको मकै, ९५ रोपनीमा लगाएको धान, १५ रोपनीमा लगाएको सुन्ताला र त्रिवेणी गाउँपालिकामा ७० रोपनीमा लगाएको मकै र ४० रोपनीमा लगाएको धानमा पूर्ण र आशिंक क्षति पुगेको बस्नेतको भनाई छ । .jpg)
क्षतिको पूर्ण विवरण आउन अझै केही समय लाग्ने बताउँदै सूचना अधिकारी बस्नेतले क्षति भएको ठाउँको स्थलगत अनुगमन पछि मात्र एकिन डाटा आउने बताए । सबैभन्दा बढी खेतीयोग्य जमिनमा क्षति पुगेको उनको भनाई छ ।





.jpg)