ट्रेण्डिङ

होमपेज / समाज

सल्यान कारागारमा क्षमताभन्दा करिब आठ गुणा बढी कैदीबन्दी

  दिपक शर्मा २०७७ भाद्र १३ गते शनिबार १३:२४:५० मा प्रकाशित

दिपक शर्मा भदौ १३, २०७७ सल्यान
 जिल्ला कारागार सल्यानमा क्षमताभन्दा अत्यन्तै बढी कैदीबन्दी राखिँदा समस्या हुन थालेको छ।

अटाइ नअटाई कैदीबन्दी राखिँदा उनीहरु भान्साकोठा, कोलियामा सुत्न बाध्य भएका छन्। कारागारमा क्षमताभन्दा करिब आठ गुणा बढी कैदीबन्दी राखिएको छ।  

कारागार २० जना कैदीबन्दी राख्ने क्षमताकोे हो। तर बढीमा कोचेर राख्दा पनि ४० जना मात्र अट्छ। जिल्ला कारागार सल्यानका जेलर बलबहादुर केसी भन्छन्, ‘भान्साकोठादेखि कोलिया र ढोकासम्म लाइन लगाएर कैदीहरुलाई सुताउनुपर्ने बाध्यता छ।’ कारागारमा चार बालबालिकासहित १ सय ४४ जना छन्। तिनमा १ सय १८ पुरुष र २२ जना महिला रहेका जेलर केसीले बताए। उनले भने, ‘पुरुषका  लागी ६ वटा कोठा छन् भने महिलाका लागि २ वटा मात्रै छन्।’

गत वर्ष पनि क्षमताभन्दा बढी कैदीबन्दीका लागि राति सुत्ने समस्या भएपछि कारगारको एउटा कोठामा आकाशे खाट बनाइएको उनले बताए।

कारागारमा अहिले बढी मात्रामा कर्तव्य ज्यान, जबरजस्ती करणी उद्योग, बहुविवाहका कैदीबन्दी रहेको जेलर केसीले बताए। 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top