ट्रेण्डिङ

होमपेज / समाज

बाढीले पावर हाउसमा क्षति गर्दा बाफुखोलाका ३०० घरपरिवार विद्युतविहीन

  दिपक शर्मा २०७७ भाद्र १२ गते शुक्रबार १२:२४:३४ मा प्रकाशित

दीपक शर्मा  भदौ १२, २०७७ सल्यान :

विजय लघु जल विद्युत् परियोजना अवरुद्ध हुँदा बागचौर नगरपालिका–१२ का ३०० भन्दा बढी घरपरिवार विद्युतविहीन भएका छन्। भदौ ३ मा आएको बाढीपहिरोले पावरहाउस र विद्युतका पोलहरुमा क्षति पुर्याएपछि सिंगो गाउँ नै अन्धकारमा बस्न बाध्य भएका हुन्।

बाढीपहिरोले पावरहाउस र विद्युतका पोलमा क्षति पुर्याउदा ३५ लाखभन्दा बढीको क्षति भएको जल विद्युत् परियोजनाका अध्यक्ष सुनिलकुमार केसीले बताए । उनले भने, ‘कुलो, पावरहाउसको घर र ६५ वटा विद्युतका पोल र झन्डै ७५ प्रतिशत तारमा क्षति पुगेको छ।’  १० किलोवाटको जल विद्युतबाट ३०० भन्दा बढी घरपरिवारले सुविधा लिँदै आइरहेका थिए।

स्थानीय स्रोत साधनबाट जल विद्युत सञ्चालन गर्न असम्भव देखिएको उनको भनाइ छ । ‘बाढीपहिरोले घरवारविहीन भएका सेवाग्राहीसँग पैसा उठाउन सक्ने अवस्था पनि छैन,’ अध्यक्ष अध्यक्ष केसीले भने, ‘आन्तरिक स्रोतले पनि मर्मत गर्ने अवस्था छैन। यसका लागि सरकारले विशेष पहल चाल्न जरुरी छ।’

एक करोड लगानीमा २०६४ सालमा निर्माण गरिएको जल विद्युत परियोजनामा २०७५ मा पनि बाढीले क्षति पुर्याएको थियो । बाढीले कुलो भत्काउँदा सेवाग्राहीले श्रमदान गरेर निमार्ण गरेको बताउँदै सचिव गोपाल खत्रीले यो वर्ष भने थोरै लगानीले मर्मत सम्भव नरहेको बताए।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top