ट्रेण्डिङ

होमपेज / समाज

कर्णाली प्रदेशद्धारा बाफुखोला बाढीपहिरो पिडित परिवारलाई राहत वितरण

गास भन्दा बासको व्यवस्था गर्न पिडितकाे आग्रह

  हिमाल शर्मा २०७७ भाद्र ८ गते सोमबार ०७:५५:२२ मा प्रकाशित

हिमाल शर्मा सल्यान ८, भदौ ।
कर्णाली प्रदेश सरकारकार र दार्मा गाउपालिका सल्यानले बाफुखोला बाढी पहिरो पीडित परिवारलाई राहात प्रदान गरेको छ  ।

 सल्यानको बागचौर नगरपालिका १२ बाफुखोलामा गएको भाद्र ३ गते आएको अविरल बर्षाले ८१ घर पुर्ण रूपमा बिस्थापित भएका थिए । कर्णाली प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री  ज्वाला र मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार भिम प्रकाश शर्माले बाढीपहिरो पीडित परिवारलाई राहत सामाग्री हस्तान्तरण गरेका छन् । 

 आइतबर बाढीपहिरोले क्षती भएको क्षेत्र बाफुखोलामा पुगेर ज्वाला र शर्माले बाढीपहिरो पीडितको लागी राहत सामाग्री बागचौर नगरपालिका १२ का वडाअध्यक्ष दिपक वलीलाई हस्तान्तरण गर्नु भएको हो ।

राहत लिएर बाफुखोला पुग्नु भएका मन्त्री ज्वालाले जनताको सुःखमा मात्रै नभएर दुःखमा पनि प्रदेश सरकार रहेको बताए । कोरोना भाइरस, सलह किराले आक्रान्त बनाएको अबस्थामा फेरी बाढीपहिरोले झन् समस्या थपिदिएको बताउदैँ मन्त्री ज्वालाले पिडित परिवारका समस्या बुझ्न र पिडित परिवारलाई राहत सामाग्री हस्तान्तरण गर्न आफु बाफुखोला आएको बताए । साथै मन्त्री ज्वालाले जोखिम युक्त बस्तीलाई सुरक्षित  ठाउँमा स्थानान्तरण आबश्यक रहेको बताए

  यस्तै मूख्यमन्त्रीका राजनितिक सल्लाहकार शर्माले बाफुखोलामा भएको बिपत्तिमा केन्द्र , प्रदेश , स्थानिय सरकार   साथमा रहेकोले विपत्तिमा नआत्तिन सबैमा अनुरोध गरे । कर्णाली प्रदेश सरकारले कर्णाली भरिका घरको बिमा गरेकोले पुर्णरूपमा क्षति भएका घरको बिमा स्वरुप रु  एक लाख बितरण गर्ने बताए । 

दार्मा गाउँपालिका द्धारा राहत हस्तान्तरण

सल्यानको दार्मा गाउपालिकाले पनि बागचौर नगरपालिका १२ बाफुखोलाका बाढीपहिरो पिडित परिवारको लागी राहत सामाग्री हस्तान्तरण गरेको छ । बाफुखोलामा पुगेर गाउपालिका अध्यक्ष निम बहादुर केसीले चामल, तेल, नुन, कम्बल, साबुन लगाएतका सामाग्री हस्तान्तरण गरेका छन्  । छिमेकी स्थानिय तहमा बिपत्ती परेको अबस्थामा भाइचाराको सन्देश दिदैँ गाउपालिकाले सक्दो सहयोग गरेको उतको भनाई छ ।

 यस्तै बाढी पहिरो पीडित भन्छन हामिलाइ पहिले गाँस भन्दा बासको व्यवस्था गर्न आग्रह गरेका छन् । पीडित विरसिंह डाँडीले आफ्नो घरमा भएको  अन्न बाली लत्ताकपडा पुर्न रूपमा नष्ट भएको बताए  । उनले भने आफ्नो ६ जनाको परिवार छिमेकीको सहारामा  बसेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top