ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा बाढीपहिरोको वितण्डता

  दिपक शर्मा २०७७ भाद्र ३ गते बुधबार १५:२३:०८ मा प्रकाशित

दिपक शर्मा भदौ ३, सल्यान 
केही दिनदेखिको अविरल वर्षाले सल्यानमा ठुलो मात्रामा भौतिक क्षति पुर्‍याएको छ । केही दिनदेखि अत्याधिक वर्षा हुँदा सल्यानमा एक जना वेपत्ता रहेका छन् भने ठुलो भौतिक क्षति भएको छ । 

मंगलबार राती बाढीले  बगाउँदा बनगाड कुपिण्डे नगरपालिकाको नाथेखोलामा एक जना वेपत्ता भएका छन् । नाथेखोलामा निमार्णधिन पुलमा काम गर्दै आइरहेका दोलखाका ३० वर्षीय फिड सुपरभाइजर दिलिप खत्री वेपत्ता भएका छन् । उनको खोजी कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ । 

बाढी पहिरोले २ घर भत्कायो , केही घर जोखिममा 

पहिरोले सदरमुकाम खलंगामा रहेको एक घर भत्काएको छ । शारदा नगरपालिका वडा न ११ का वडा अध्यक्ष रामसिहं बुढाथोकीको घर पहिरोले भत्काएको प्रशासनले जनाएको छ । राती करिब १ बजेतिर घर भत्किए पछि मानविय क्षति भने नभएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए । पहिरो हटाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ । 

यस्तै बाढीले बनगाड कुपिण्डे नगरपालिका ४ गर्चेमा एक घर बगाएको छ । गर्जेका प्रसादे बुढाको घर बाढीले बगाएको हो । 
गएराती आएको बनगाड खोलाले बनगाड कुपिण्डे नगरपालिका १ मा रहेका गौलीबजार डुवानमा परेको छ । १ दर्जन बढी घरहरु डुवानमा परेको प्रहरीले जनाएको छ । 

खलंगा बालुवासंग्रही र सल्ली चौरजहारी सडक अवरुद्ध 

भारी वर्षाले ठाउँ ठाउँमा पहिरो जाँदा खलंगा जयतपानी बालुवासंग्रही सडक र सल्ली चौरजहारी सडक अवरुद्ध भएका छन् । 
ठाउँ ठाउँमा पहिरो र कतिपय स्थानमा बाढीले सडक बगाउँदा सकड अवरुद्ध भएको प्रजिअ पोखरेलले बताए । प्राविधिक कार्यालय सल्यानको समन्वयमा अवरुद्ध सडक खोल्ने प्रयास भइरहेको पोखरेलको भनाई छ । 

पहिरोले सडक अवरुद्ध भएपछि कुनै पनि सवारी साधन आवतजावत गर्न सकेका छैनन् । अझै केही दिन अविरल वर्षा हुने सम्भावना रहेकाले सडकको विभिन्न स्थानमा पहिरो जाने, सडक भासिने भएकाले सडक अवरुद्ध हुने सम्भावना रहेको छ । 

भगवती खोलाले माछा र कुखुरा बगायो , ८ लाख क्षति 

मंगलबार राती भारी वर्षापछि भगवती खोलामा आएको बाढीले श्रीनगरमा रहेको समृद्धि पशुपंक्षी तथा कृषि र्फममा पस्दा ८ लाख बराबरको क्षति भएको छ । 
सल्यानको मुख्य व्यापारिक केन्द्र श्रीनगरमा बाढी पस्दा माछा, कुखुरा नष्ट हुँदा ८ लाख बढीको क्षति भएको हो ।

बाढीले पोखरीमा रहेका ४ हजार माछाका भुरा, ५ सय ५० कुखुरा र १५ बोरी कुखुराको दाना बगाएको सञ्चालक हिमाल यात्रीले बताए । व्यवसायिक कुखुरा पालन गर्दै आइरहेका भगवती खोलाले बर्सेनी क्षति पु¥याउदा पनि रोकथाम गर्ने तर्फ कुनै निकायले ध्यान नदिएको उनले बताए । 

पेट्रोल पम्पमा क्षति 

गएराती अत्याधिक वर्षाले शारदा नगरपालिका १ श्रीनगरमा रहेको एक पेट्रोल पम्पमा क्षति पु¥याएको छ । वर्षाले पेट्रोलियम पदार्थ भण्डार गर्ने ३ वटा ट्यांकी जमिनमाथि आएका छन भने डिजेल, पेट्रोल पोखिएको छ । भारी वर्षाका कारण जमिनमुनी गाडिएका ट्यांकी माथि भएको शारदा आयल व्यापार सेवाका कर्मचारी राजेन्द्र वलिले बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top