ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट ३९ किसान पुरस्कृत 

  हिमाल शर्मा २०७७ श्रावण ३१ गते शनिबार १६:२१:१२ मा प्रकाशित


हिमाल शर्मा साउन ३१, सल्यान 
सल्यानका चार  दर्जन कृषक, सहकारी,  कृषि फार्म तथा कृषक समूहहरु मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत भएका छन् । 
जिल्लामा कृषि तथा पशु विकासका क्षेत्रमा नमुना योग्य कार्य गर्ने नमुना कृषक, पशुपालक, सहकारी र कृषक समूह मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित भएका हुन् । 

दश वटा पालिकाबाट एक–एक जना  पुरुष महिला अगुवा नमूना किसान, पशुपालक र कृषि सम्बन्धि काम गर्ने सहकारी तथा कृषक समूह मुख्यमन्त्री उत्कृष्ट पुरस्कारबाट सम्मानित भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । 
यसका लागि पालिकाको समन्वयमा केही समय अगाडी आवेदन मागिएको र त्यसमाथि स्थलगत तथा कागजातको आवश्यक मुल्याङ्कन गरेर छनौट गरिएको कृषि विकास कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख महेश आर्चायले बताए । 

कृषिबाट जिल्ला स्तरमा उत्कृष्ट कृषकमा फलफुल खेतीबाट बागचौर नगरपालिका ९ का लोक बहादुर डाँगी, तरकारी खेतीबाट सिद्ध कुमाख गाउँपालिका ३ फलाँटेकी पूर्णवती बुढाथोकी सम्मानित भएका छन् । समुह सरकारी तर्फबाट जनसेवि कृषि सहकारी संस्था लिमिटेड शारदा नगरपालिका १ पटनेरी  र त्रिवेणी पशुपालन व्यवसाय सहकारी संस्था लिमिटेड त्रिवेणी गाउँपालिका ६ लुहाम रहेका छन् । 

यस्तै पशुपालन तर्फ खड्का बहुउद्देश्यीय कृषि फर्मका करुण खड्का र तुसारेखोला बुहउद्देश्यीय कृषि फर्मका सुजन बोहरा पुरस्कृत भएका छन् । समूह तर्फबाट खप्परेखोला बाख्रा पालन समूह कालिमाटी ७ पुरस्कृत भएको छ । 

कृषि तर्फ पालिका तर्फबाट १५, जिल्ला स्तरबाट २ र सहकारी तर्फबाट २ गरी १९ कृषक, सहकारी पुरस्कृत भएका छन् भने पशु सेवा तर्फ १७ पालिका २ जिल्ला र १ समूह गरी २० कृषक र समूह पुरस्कृत भएको कार्यालयले जनाएको छ । 

पुरस्कृत कृषक तथा पशुपालकलाई जनही पन्ध्र हजार, फार्मलाई २५ हजार र सहकारीलाई पचास हजार नगद पुरस्कार प्रदान गरिएको पशु अस्पताल तथा पुश सेवा कार्यालय सल्यानका प्रमुख कपिल प्रसाद उपाध्यायले बताए । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top