होमपेज / समाज
हिमाल शर्मा साउन १५, सल्यान
सल्यानमा मास्क नलगाई हिड्ने झन्डै १२ सय कारवाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार १ हजार १ सय ९५ जना कारवाहीमा परेका छन् ।
कोभिड १९ रोकथाम नियन्त्रण तथा व्यवस्थापनका लागि घर बाहिर निस्कदा मास्क नलगाउने व्यक्तिहरुलाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए । मास्क नलगाई घर बाहिर निस्किनेलाई पहिलो चरणको कारवाही स्वरुप संक्रामक रोग ऐन २०२० बमोजिमको व्यवस्था अनुसार प्रति व्यक्ति रु एक सयका दरले जरिवाना गरेको उनको भनाई छ ।
पहिलो चरणमा सम्झाई बुझाई सहित कारवाही गर्ने र कारवाही पश्चान निःशुल्क मास्क वितरण गर्ने गरेको खतिवडाले बताए । असार २७ गतेदेखि सुरु भएको कारवाहीमा एक लाख १९ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ ।





.jpg)