ट्रेण्डिङ

होमपेज / समाज

आठ महिनादेखि ईलाका प्रशासन कार्यालय प्रमुख बिहिन, सेवाग्राही मारमा

  दिपक शर्मा २०७७ श्रावण १३ गते मंगलबार १६:५३:३७ मा प्रकाशित

दिपक शर्मा साउन १३, सल्यान 
जिल्लाको बागचौर नगरपालिकामा रहेको ईलाका प्रशासन कार्यालय आठ महिनादेखि प्रमुख विहिन बनेको छ ।

ग्रामीण क्षेत्रका नागरिकलाई गाउँमै सेवा दिने उद्देश्यले स्थापना भएको ईलाका प्रशासन कार्यालय प्रमुख नहुँदा सेवाग्राहीले सास्ती व्यहोर्दै आइरहेका छन् । 

ईलाका प्रशासन कार्यालय थारमारेले नेपाली नागरिकताको प्रमाणपत्र, नाबालक परिचयपत्र, प्रमाणित(थर प्रमाणित, आदीबासी जनजाती, दलित प्रमाणित) लगायतका सिफारिसका सेवाहरु प्रदान गर्दै आइरहेको थियो । तर पछिल्लो समय शााखा अधिकृत नहुँदा सेवा बन्द भएको ईलाका प्रशासन कार्यालय थारमारेका हरि सापकोटाले बताए । 
कार्यालयमा प्रमुख विहिन हुँदा काम गर्नसमेत समस्या भएको कार्यालयका नायव सुब्बा हरि सापकोटाले बताए । आठ महिनादेखि प्रमुख नहुँदा वडा अध्यक्षहरुलाई जिल्लाको सिफारिस दिन आग्रह गरिएको उनको भनाई छ । अहिले अभिलेख भिडाउन मात्र सेवाग्राही आउने गरेको सापकोटाको भनाई छ ।  

ईलाका प्रशासनबाट सहजै पाइने नागरिकता लिन सदरमुकाममा रहेको जिल्ला प्रशासन कार्यालयमा धाउनुपर्ने बाध्यता रहेको सेवाग्राहीको गुनासो छ । बागचौर नगरपालिका, दार्मा गाउँपालिका र कुमाख गाउँपालिकाका सेवाग्राहीलाई मध्येनजर गरी बागचौरमा २०७२ सालदेखि कार्यालय स्थापना गरिएको थियो  ।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले इलाका प्रशासन कार्यालय सल्यानबाट कार्यालय प्रमुखको सरुवा भए लगत्तै कर्मचारी पठाइ दिने भनेर गृहमन्त्रालयमा ताकेता गरेको जानकारी दिए । मन्त्रालयमा कर्मचारीको व्यवस्थापन गरि दिन पटक पटक पत्राचार गरि रहेको उनको भनाई छ ।  


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top