ट्रेण्डिङ

होमपेज / समाज

जंगली बदेलको मासु सहित सल्यानमा एक पक्राउ

  हिमाल शर्मा २०७७ श्रावण ९ गते शुक्रबार १७:१३:३० मा प्रकाशित

हिमाल शर्मा साउन ९, सल्यान 
जंगली बदेलको मासु सहित सल्यानमा एक जना पक्राउ परेका छन् ।

 जिल्लाको कालिमाटी गाउँपालिका ५ मनिकापुर बस्नेत ३० वर्षीय दुर्ग बहादुर रोकालाई बदेलको मासु सहित प्रहरीले पक्राउ गरेको हो । 

आफ्नै मकैबारीमा पासो हालेर बदेलमारी घरमा ल्याई काट्न लागेको सूचनाका आधारलाई रोकालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । आवश्यक कारवाहीका लागि बदेलको मासु र पासो सहित रोकालाई डिभिजन वन कार्यालय सल्यानमा पठाइएको प्रहरीले बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top