ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा भीरबाट खसेको ढुंगा लागेर एक बालकको मृत्यु

  हिमाल शर्मा २०७७ असार २४ गते बुधबार १९:३४:१९ मा प्रकाशित

हिमाल शर्मा असार २४, सल्यान 
सल्यानमा भीरबाट खसेको ढुंगा लागेर बाख्रा चराउन गएका बालकको मृत्यु भएको छ । 

जिल्लाको शारदा नगरपालिका १ भगवती खोला निवासी ९ वर्षीय दिनेश बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 
स्थानीय जोगेनी पाखा जंगलमा  बाख्रा चराउन गएका बुढाथोकीको माथिबाट खसेको ढुंगा लगोर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए । मृत्तकको बालकको टाउकोमा चोट  लागेको उनको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top