ट्रेण्डिङ

होमपेज / समाज

सल्यानको त्रिवेणीमा सोलार बत्तिले विपन्न परिवारका घर झलमल

  दिपक शर्मा २०७७ असार २४ गते बुधबार १६:१७:३२ मा प्रकाशित

दिपक शर्मा असार २४, सल्यान 
सल्यानको त्रिवेणी गाउँपालिकाले ६१ विपन्न परिवारलाई सोलार सेट वितरण गरेको छ । गाउँपालिकाका ६ वटै वडाका ६१ घरधुरी विपन्न परिवारलाई सोलार वितरण गरेको हो ।
सोलार पाउनेमा आर्थिक रूपमा विपन्न रहेका एकल महिला, दलित, जनजाति रहेको गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले बताए । उज्यालो गाउँपालिका कार्यक्रम अन्र्तगत विद्युत नपुगेका र अति विपन्न घरपरिवार पहिचान गरी सोलार वितरण गरिएको उनको भनाई छ । 

तत्काल विद्युत विस्तार गर्न नसकिएको वडामा अध्यारोमा बस्न वाध्य भएका परिवार पहिचान गरी प्रत्येकलाई ५० वाट क्षमताको सोलार बाँडिएको डाँगीले बताए । आगामी वर्ष यसलाई थप विस्तार गरिने लक्ष्य रहेको अध्यक्ष डाँगीको भनाइ छ । उनले भने वडा न १ मा ११ घरधुरी र बाँकी पाँच वडामा १०÷१० घरधुरीका हिसाबले सोलार वितरण गरिएको छ । 
वडाका विपन्न घरधुरीमा सोलार विस्तार भएपछि उनीहरुको दैनिक जीवनयापनमा सहज हुने गाउँपालिका उपाध्यक्ष करुणा खड्काले बताइन । अहिलको समयमा टुकीको सहारामा अध्यारो कटाउनुपर्ने बाध्यताका उनीहरुको लागि कार्यक्रम उपयोगी भएको उनको भनाई छ ।

सोलारको प्रयोगबाट महिलाहरुको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने उनको भनाई छ । गाउँपालिकामा अझै विपन्न घरधुरीलाई वैकल्पिक ऊर्जाको आवश्यकता रहेको उनको भनाइ छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top