ट्रेण्डिङ

होमपेज / समाज

शारदा नगरपालिकाको सातौ नगरसभा सम्पन्न

  हिमाल शर्मा २०७७ असार २० गते शनिबार २०:२५:२४ मा प्रकाशित

असार २०, सल्यान  

शारदा नगरपालिकाको सातौ नगरसभा  शनिबार सम्पन्न भएको छ।असार १० गते पेश गरेको नीति तथा कार्यक्रम र बजेट सर्वसहमतिले स्वीकृत गर्दै सभा सम्पन्न भएको नगरपालिकाले जनाएको छ । 

सातौ सभामा स्वास्थ्य,शिक्षा,कृषि,पुर्वाधार बिकास र रोजगारी श्रीजना गर्ने उद्देस्य सहितको कार्यक्रम र बजेट पेश गरिएको मेयर सुरेश अधिकारीले बताए । 

कार्यक्रममा बोल्दै नगर प्रमुख सुरेश अधिकारिले सिमित श्रोतका बिच काम गर्नुपर्ने बाध्यता रहेकोभन्दै बजेटमा सकेसम्म सवै क्षेत्रलाइ समेट्ने प्रयाश गरिएको बताए ।उनले तत्कालिन रुपमा नगरवासिको स्वास्थ्य हेरचाह पहिलो प्राथमिकता रहने बताउदै  शिक्षा,कृषि र पुर्वाधार विकासलाई पनि जोड दिइएको बताए ।
सभामा सभासद हरुले बिनियोजित बजेट माथी आफ्नो धारणा राखेका थिए।

शारदा नगरपालिकाका उप प्रमुख साबित्रा बस्नेतले यहि असार १० गते बजेट प्रस्तुत गरेकी थिइन । ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top