ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा ८० प्रतिशत धान रोपाइ

  दिपक शर्मा २०७७ असार १५ गते सोमबार १६:१६:२२ मा प्रकाशित

दिपक शर्मा असार १५, सल्यान 
सल्यानमा ८० प्रतिशत धान रोपाइ सम्पन्न भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । मानो रोपेर मुरी उब्जाउने महिनाको रुपमा मानिने असारको मध्य अर्थात असार १५ सम्म ८० प्रतिशत धान रोपाइ सम्पन्न भएको छ । 

कालिमाटी गाउँपालिका बाहेक जिल्लाका अधिकांश स्थानमा धान रोपाइ सम्पन्न भएको कृषि विकास कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख मेहश आचार्यले बताए । 
केही दिन देखि आकाशे पानी राम्रोसँग परेको हुँदा रोपाइ छिटो भएको उनको भनाई छ ।  कालिमाटी गाउँपालिकामा  ढिलागरी धान रोपाइ हुने गरेको उनको भनाई छ । उनले भने यो वर्ष लगातार वर्षा भइरहेको र सिँचाई सुविधा पुगेका स्थानमा समयमै धान रोपाइ सम्पन्न भएको छ । 

उनले अबको केही दिनमा नै जिल्लाभर धान रोपेर सकिने बताए । शारदा खोला फाँट, श्रीनगर, रेशमज्युला, चैवाङ ज्युला, गरी ज्युला, मर्म खोला, बनगाड खोला लगायतका क्षेत्रमा धान खेती हुने गरेको छ । सल्यानमा सात हजार हेक्टर क्षेत्रफल भन्दा बढीमा धान खेती हुदै आइरहेको आचार्यको भनाई छ । 

कार्यालयले धान रोपिसके पछि धानको हेरचाहमा विशेष ध्यान दिन आग्रह गरेको छ । धानको गोडमेल, पानीको आवश्यकता अनुसार सिँचाई गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top