ट्रेण्डिङ

होमपेज / राजनीति

अभियानसँगै सामाजिक कार्य र जनश्रमदानमा जुट्दै सल्यान माओवादी

  सल्यान खबर डेस्क २०८० आश्विन २८ गते आइतबार ११:३३:०२ मा प्रकाशित

असोज २८,सल्यान 
नेकपा (माओवादी केन्द्र) ले गत भदौ १६ गतेदेखि थालेको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ अन्तर्गत सल्यानका माओवादीका नेताहरू यति बेला जनताका घर–घरमा पुगिरहेका छन् ।

जनतासँग प्रत्यक्ष भेटघाट गरेर आफ्नो पार्टीप्रतिको विश्वासलाई बढाउनुको साथै समग्र राजनीतिक सोचमा पनि रूपान्तरण गर्ने उद्देश्य बोकेर माओवादीका नेता तथा कार्यकर्ताहरू कोही आफ्नै क्षेत्रमा खटिरहेका छन् त कोही फरक क्षेत्रमा पुगेर पनि जनतासँग कुराकानी गरिरहेका छन् । 
तीन महिने अभियानका लागि पार्टीका केन्द्रीय सदस्यलाई जिल्ला र पालिकाको जिम्मेवारी दिइएको छ । पार्टीको केन्द्रीय समितिको बैठकमा पार्टी विघटनको अवस्थामा पुगेको भन्दै नेतृत्वको आलोचना भएपछि सुरु भएको तीन महिने अभियानले माओवादीलाई जनतासँग जोडेको छ । 

जनतालाई भेट्न घरमा पुगेका माओवादीका नेता तथा कार्यकर्ताहरूले आफ्नो पार्टी राम्रो भएको त बताएकै छन त्यो बाहेक जनमैत्री काम गर्नमा पनि उनीहरू तल्लीन देखिन्छन्  कुराकानी गरेर मात्रै भन्दा पनि सामाजिक कामहरू गरेरै जनताको विश्वासमा आफूहरू बस्न खोजेको नेताहरूका कामले देखाएको छ ।  यसैको एउटा उदाहरण हो जिल्लाको शारदा नगरपालिका ७ मा एक वृद्धको घरमा विजुली बत्ती लग्नु । वृद्ध अक्सिनको साहारामा बाँची रहेका थिए । तर घरसम्म बिजुली बत्ती नहुँदा छिमेकीको घरमा अक्सिजन मेसिन बोकेर जानु पर्ने बाध्यता थियो ।  माओवादीका नेता तथा कार्यकर्ताहरूबाट श्रमदान गरेर शिलतपाटीबाट बिजुलीको पोल अगि गाडेर वृद्धको अध्यारो घरलाई उज्यालो बनाएका छन् । दुई वटा बिजुलीका पोल भए वृद्धको घरमा बत्ती बल्न सक्ने देखिएपछि नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरी पोल आफैले गाडेर वृद्धको घरलाई उज्यालो बनाउन पाउँदा निकै खुशी लागेको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा शारदा नगरपालिका इन्चार्ज गणेश सिहंले बताउनु भयो । उहाँले भन्नु भयो ‘हेर्दा सामान्य लाग्ने तर वृद्धको जीवनसँग जोडिएको अक्सिजनको विषय हामीलाई ठूलो र गम्भीर विषय लाग्यो र सबैको पहलबाट आफ्नै घरमा सहज रुपमा अक्सिजन पाउने वातावरण बनायौं ।’ 

शारदा नगरपालिका भित्र विभिन्न स्थानमा श्रमशिविर सञ्चालन गरेर जनतासँग पुग्ने काम गर्दै आइरहेको सिहंको भनाई छ । उहाँले हाम्रो पार्टीभित्र गर्नुपर्ने सुधारका लागि सुझाव पनि मागिरहेको बताउनु भयो । माओवादी कार्यकर्ताहरूले नै हातमा कुचो बोकेर जिल्ला समन्वय समितिको हल परिसर, ठुला धारामा रहेको फोहोर सहित झाडी र झारपात पनि सफा गरे । 

यस्तै कपुरकोट गाउँपालिका ६ मा निरन्तरको वर्षाले भीम बहादुर वि.कको भत्काएको घरको मर्मत गरेको छ । वर्षाले दुई तले घर भत्काएको थियो । माओवादी नेता कार्यकर्ताको टिमले वि.कको घर मर्मत सम्भार गरेको छ भने कपुरकोट भित्रका विभिन्न सडकहरु मर्मत गरेको छ । 
 जनताको दैनिकी परिवर्तनकै लागि जनयुद्ध गरेका माओवादीले अब जनताको दैनिकीकै लागि सामाजिक परिवर्तन पनि गर्नुपर्ने भएकाले आफूहरू जनताको काममा लागेको माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज नरेश भण्डारीले बताउनु भयो । 

माओवादीले गरेका राम्रा कामहरूको बारेमा जनता अनविज्ञ रहेकोले यो अभियानमा ती कामहरूको बारेमा पनि बुझाइने उहाँको भनाइ छ।
माओवादीले धेरै कामहरू गरिरहेको भए पनि ती कामहरूको बारेमा जनताका माझमा बताइएको छैन ।  नेपालको राजनीतिक सुदृढीकरणका लागि पनि यो अभियानले काम गरेको छ यो सुदृढीकरण केवल माओवादी पार्टीको लागि मात्रै नभएर समग्र देशको सुदृढीकरण, राजनीतिक आन्दोलनको शुद्धीकरणका लागि पनि हो। घुसखोरी, भ्रष्टाचार, कालोबजारी, मिटर ब्याज लगायतका जनता मारा अन्याय र अत्याचार नियन्त्रणका लागि जनतामा ऊर्जा जगाउने काम पनि यो अभियानमा चलिरहेको छ । 

नागरिकसहित माओवादीकै कार्यकर्ता जनयुद्धका मुद्दामाथि निराश भइरहेको बेलामा नेता तथा कार्यकर्ता रूपान्तरण हुने, सहिद परिवारसँग भेटघाट गर्ने, सुशासन कायम गर्ने सरकारका काम जनतासामु लैजाने, माओवादीप्रति भइरहेका भ्रमहरू चिरफार गर्ने लगायतका  कामहरू पनि विशेष रूपान्तरण अभियान भइरहेको माओवादीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top