ट्रेण्डिङ

होमपेज / राजनीति

माओवादी निकट तीन संगठनको बनगाडमा प्रथम नगर अधिवेशन सम्पन्न

  सल्यान खबर डेस्क २०८० आश्विन २७ गते शनिबार २१:००:०१ मा प्रकाशित

असोज २७,सल्यान 
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट तीन संगठनको सयुंक्त प्रथम बनगाड अधिवेशन सम्पन्न भएको छ । नेपाल राष्ट्रिय कर्मचारी महासंघ, नेपाल राष्ट्रिय कर्मचारी संगठन र राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठनको प्रथम बनगाड कुपिण्डे नगर अधिवेशन शनिबार सम्पन्न भएको हो । 

नेपाल राष्ट्रिय कर्मचारी महासंघ सन्जय कुमालको नेतृत्वमा ७ सदस्यीय समिति गठन भएको छ । जसको उपाध्यक्ष ज्ञानेन्द्र शर्मा, सचिव निम प्रसाद बुढा  कोषाध्यक्ष कामना विक रहनु भएको छ  ।  नेपाल राष्ट्रिय कर्मचारी संगठन नारायण जित रानाको नेतृत्वमा १३ सदस्यीय गठन भएको छ ।  जसको उपाध्यक्षमा कमल बोहरा, सचिव हिरालाल टमटा र कोषाध्यक्ष करुणा सुनार रहेका छन  र राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन गंगाराम शर्माको नेतृत्वमा १३ सदस्यीय गठन भएको छ जसको उपाध्यक्ष इन्द्रराज गिरी, सचिव नरेश पुन, कोषाध्यक्ष निरुता यरी रहेका छन ।

अधिवेशनमा जिल्ला सयोजक कृति बहादुर पुन,नगर प्रमुख  कर्ण बहादुर बुढाथोकी, केन्द्रिय सदस्य अमृत खड्का कर्णाली प्रदेश अध्यक्ष तारा रिजाल लुम्बिनी प्रदेश अध्यक्ष  धनबहादुर बुढाथोकी,  नेपाल राष्ट्रिय कर्मचारी महासंघ सल्यानका अध्यक्ष भुपेन्द्र वली, नेपाल राष्ट्रिय कर्मचारी संगठनका जिल्ला अध्यक्ष जीत बहादुर खड्का र राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन सल्यानका अध्यक्ष बालकृष्ण गिरी लगायतको उपस्थिति रहेको थियो । गणेश बुढामगरको अध्यक्षतामा भएको कार्यक्रम संचालन गंगाराम शर्माले गर्नुभएको कार्यक्रम स्वागत मन्तव्य हिरालाल टमटाले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top