होमपेज / स्थानीय
वैशाख १५, सल्यान
सल्यानको छत्रेश्वरी गाउँपालिका ४ कनचीरे सामुदायिक वनबाट कुकुरले लखेटेर घाइते वन्यजन्तु रतुवाको उद्दार गरिएको छ ।
सोमबार सामुदायिक वनबाट घाइते अवस्थामा बल्लेखोलामा फेला परेपछि स्थानीयको पहलमा उद्दार गरिएको छत्रेश्वरी गाउँपालिका ४ का वडाध्यक्ष नेव बहादुर खड्काले बताए ।
उद्दार गरिएको रतुवा अस्थायी प्रहरी चौकी जयचौरको कार्यालयमा राखि प्राथमिक उपचार गरिएको उनको भनाई छ ।
घाइते रतुवालाई डिभिजन वन कार्यालयमा राखिएको कार्यालयले जनाएको छ । रतुवा ठिक भए पछि छोडिने डिभिजन वन कार्यालय सल्यानका सहायक वन अधिकृत मनोज शर्मा लम्सालले बताए । जंगली जनावर रतुवा संरक्षित जनावर अन्र्तगत पर्दछ ।