ट्रेण्डिङ

होमपेज / स्थानीय

सामुदायिक वनद्धारा उपभोक्तालाई मास्क र साबुन वितरण

  सल्यान खबर २०७७ बैशाख ९ गते मंगलबार १५:२४:३० मा प्रकाशित

वैशाख ९, सल्यान 
सल्यानको एक सामुदायिक वन उपभोक्ता समितिले उपभोक्तालाई मास्क र साबुन वितरण गरेको छ । जिल्लाको सिद्ध कुमाख गाउँपालिका २ मा रहेको कैलाश जागृति सामुदायिक वन उपभोक्ता समितिलेले मास्क र साबुन वितरण गरेको हो ।

विश्वभर फैलिएको कोरोना भाइरसबाट आफु पनि बचौं अरुलाई पनि बचाऔं भन्ने उद्देश्यले उपभोक्तालाई मास्क र साबुन वितरण गरिएको समितिका अध्यक्ष सुनिल बस्नेतले बताए । वडाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, वन उपभोक्ता समिति र स्थानीय समाजसेवीको उपस्थितिमा मास्क र र साबुन वितरन गरिएको उनको भनाई छ । 


एक सय बढी घरधुरी र स्वास्थ्य चौकी र वडा न ३  कालालेखका केही घरधुरीलाई पनि वितरण गरिएको उनको भनाई छ । साबुन मास्क वितरण सँगै साबुन पानीले हात धुने तरिका, मास्क प्रयोग, सामाजिक दुरी कायम र कोरोना भाइरसबाट सचेतना समेत फैलाउने कार्य भएको बस्नेतले बताए । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top