होमपेज / खेलकुद
माघ १३,सल्यान
सल्यानको त्रिवेणी गाउँपालिकामा सातौं अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबारबाट सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताको कर्णाली प्रदेशका उद्योग। पर्यटन वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले गर्नु भएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले राष्ट्रको सवांगीण विकासका लागि खेलकुदको विकास हुन जरुरी रहेको बताउनु भयो । खेलकुदले राष्ट्रको पहिचान र प्रतिष्ठासमेत बढाउने भएकाले यस क्षेत्रको विकास अपरिहार्य रहेको बताउनु भयो । निर्वाचन आइसकेकाले अन्य राजनीतिक कुरा भन्दा खेलाडीलाई अवसर, पूर्वाधार बढाउन प्रदेश सरकारले लागि परेको बताउनु भयो । उहाँले भन्नु भयो निर्वाचन आचारसहिंता लागेकाले म राजनीतिक कुरा गर्दिन र आश्वासन पनि दिन्न तर खेल क्षेत्रको समग्र विकासलागि अन्तिमसम्म लागि रहन्छु ।
यस्तै त्रिवेणी गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले खेल क्षेत्रको विकास र खेलाडीको हौसला बढाउन प्रत्येक वर्ष खेलकुद प्रतियोगिता गर्दै आइरहेको बताउनु भयो । विभिन्न प्रतिभाहरुको पहिचान पनि खेलकुद भएको उहाँको भनाई छ ।
प्रतियोगितामा ३२ विद्यालयका ४ सय छात्र र ४ सय छात्रा गरी ८ सय खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ । विभिन्न ५३ विधाकालागि खेलाडीहरु बिच प्रतिस्पर्धा हुने छ । ।





.jpg)