होमपेज / खेलकुद
कात्तिक १८,सल्यान
सल्यानमा नेपाल प्रिमियर लिग (एनपिएल) ट्रफी टुर कार्यक्रम गरिएको छ । एनपिएलको दोस्रो संस्करण हुनुपूर्व गरिएको ट्रफी टुर कार्यक्रम सल्यानको सदरमुकाम खलंगा र पर्यटकीय स्थल कुपिण्डतालमा कर्णाली याकको टिम ट्रफी सहित आइपुगेको हो ।
सदरमुकाम खलंगामा शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारी, प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटा, नेपाल क्रिकेट संघ सल्यानका अध्यक्ष सविन हमाल, छत्रेश्वरी गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकी, उपाध्यक्ष बुद्धा केसी लगायत स्थानीयले संयुक्त रुपमा ट्रफीलाई स्वागत गर्नु भएको थियो ।
ट्रफी टुरले क्रिकेट विकासमा महत्वपूर्ण कडी भएको नेपाल क्रिकेट संघ सल्यानका अध्यक्ष सविन हमालले बताउनु भयो । एनपिएलको दोस्रो संस्करण सुरु हुनुपूर्व आयोजना गरिएको ट्रफी टुरले प्रतियोगिता प्रति नागरिकमा झनै चासो र कौटुहलता बढाएको उहाँको भनाई छ । स साना बालबालिकाहरुलाई क्रिकेटमा लाग्न प्रेरणा दिने बताउँदै उहाँले यसले नेपाली क्रिकेटलाई फाइदा पुग्ने हमालको भनाई छ ।
एनपिएलको दोस्रो सिजन नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म कीर्तिपुरस्थित टियू मैदानमा हुनेछ । यो पटक केही खेलहरू फ्लर्ड लाइटमा खेलाउने तयारी छ । यो पटक दर्शकहरुले खेलको मजा प्यारापिटबाट लिन सक्ने छन् ।





.jpg)