होमपेज / खेलकुद
असोज २४,सल्यान
सल्यानमा पहिलो श्रीनगर गोल्ड कप २०२५ आयोजना हुने भएको छ । श्रीनगर वोइर्डको आयोजनामा आगामी असोज २९ गतेदेखि शारदा नगरपालिका २ खलंगा लुहापिङ मैदानमा फुटबल प्रतियोगिता हुने भएको हो।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ हुने खुल्ला प्रतियोगिताको तयारी थालिएको खेल संयोजक सुशान्त भण्डारीले बताए ।
उनका अनुसार प्रतियोगितामा प्रथम पुरस्कारको रासी १ लाख ११ हजार १ सय ११ रुपैयाँ राखिएको छ । यस्तै द्वितीय पुरस्कार ५५ हजार ५ सय ५५ रुपैयाँ नगद सहित मेडल र प्रमाणपत्र राखिएको छ । विभिन्न पुरस्कारहरूमा उत्कृष्ट खेलाडी, गोल रक्षाक, हाई स्कोरर, राइजिङ प्लेयर र म्यान अफ द म्याच पनि प्रदान गरिने आयोजक क्लव श्रीनगर वोइर्डका अर्जुन केसीले बताए ।
टीम दर्ताका लागि ७ हजार ७ सय ७७ रुपैयाँ शुल्क राखिएको छ । टीम दर्ता असोज २८ गते दिउँसो ४ बजेसम्म गर्न सकिने र खेल असोज २९ गते दिउसो १ बजेबाट हुने बताइएको छ ।





.jpg)