होमपेज / खेलकुद
भदौ २०,सल्यान
निजामती सेवा दिवसको अवसरमा सल्यानमा पुरुष डबल व्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । शुक्रबार सल्यान श्रीनगरमा कर्णाली प्रदेशका पुर्व भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले प्रतियोगिताको उद्घाटन गर्नु भएको हो ।
प्रतियोगितामा संघ, प्रदेश, स्थानीय तहमा कार्यरत निजामती कर्मचारीको सहभागिता रहेको छ । दुई दिनसम्म चल्ने प्रतियोगितामा १९ टिमको सहभागिता रहेको कर्मचारी मिलन केन्द्र सल्यानका सचिव विष्णु शर्माले जानकारी दिनु भयो ।
उद्घाटन कार्यक्रममा बोल्दै पुर्व मन्त्री शर्माले निजामती कर्मचारीहरु बिच आपसी सहकार्य, सद्भाव र स्वास्थ्य प्रति सचेतना अभिवृद्धि गर्न प्रतियोगिता सफल हुनेमा आफू विश्वस्त रहेको बताउनु भयो । प्रतियोगिताले कर्मचारीबिच सकारात्मक उर्जा आपसी एकता कायम गर्ने विश्वास व्यक्त गर्नु भयो ।
निजामती दिवसको अवसरमा कर्मचारी मिलन केन्द्रले कार्यालय तथा सार्वजनिक स्थल सरसफाई तथा कविता प्रतियोगिताको समेत आयोजना गरेको छ ।





.jpg)