होमपेज / खेलकुद
सल्यान, ७ फागुन ।
सल्यानको छत्रेश्वरी गाउँपालिकाले संचालन गरेको सातौं राष्ट्रपति रनिङ शिल्ड तथा चौथो गाउँपालिका अध्यक्ष कप सम्पन्न भएको छ । वडा नम्बर १ दमाचौर स्थित भानुभक्त माध्यमिक बिद्यालयको खेल मैदानमा आइतबारदेखि सुरु भएको प्रतियोगिता बुधबार सम्पन्न भएको हो । अन्तरमाध्यमिक बिद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छत्रेश्वरी ६ कोशारदा मावि शंखमुलले उपाधि हात पार्न सफल भएको छ ।
रनिङ शिल्डका विभिन्न बिधामा शारदा माविले उत्कृष्ट प्रदर्शन गर्दै गरेर जम्मा ५० पदक सहित पहिलो स्थान हासिल गरेको हो । यस बिद्यालयले स्वर्ण पदक २३, रजत पदक ८, कास्य पदक १९ प्राप्त गरेको छ । यस्तै २१ स्वर्ण, १७ रजत र ६ कास्य पदक सहित भानुभक्त माध्यमिक बिद्यालय छत्रेश्वरी १ दमाचौर दोश्रो भएको छ भने ३ स्वर्ण, १ रजत र ७ कास्य सहित लक्ष्मी माद्यामिक बिद्यालय जयचौर तेश्रो भएको छ । पहिलो, दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने बिद्यालयलाइ क्रमशः ४५ हजार, ३५ हजार र २२ हजार रुपैया नगद पुरस्कार पनि प्रदान गरिएको थियो । यस्तै गाउँपालिका अध्यक्ष कप अन्तर्गत भलिवल प्रतियोगितामा वडा नम्बर १ प्रथम भएको छ । वडा नम्बर ४ दोश्रो र वडा नम्बर २ तेश्रो भएको छ । अध्यक्ष कप अन्तर्गत महिला लोक गीत प्रतियोगितामा गिता अधिकारी पहिलो, ललिता कुमारी वली दोश्रो र बिनिसा घर्ती तेश्रो भएका छन । महिला लोक नृत्य प्रतियोगितामा पबिता शाही पहिलो, झरणा खड्का दोस्रो र शर्मिला बुढा तेश्रो भएका छन ।
भलिवल खेलका पहिलो, दोश्रो र तेश्रो हुने टिमलाइ नगद पुरस्कार क्रमशः २५ हजार, २० हजार र १५ हजार प्रदान गरिएको थियो भने लोक गित र नृत्य प्रतियोगिताका पहिलो, दोश्रो र तेश्रो हुने बिजेतालाइ क्रमश ५ हजार, ३ हजार र २ हजार प्रदान गरिएको थियो । विजयी बिद्यालय र टिमलाई गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकी, उपाध्यक्ष बुद्ध कुमारी खत्री तथा अन्य अतिथिहरूले शिल्ड, ट्रफी, मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेका थिए । यस्तै उत्कृष्ट खेलाडी, सहभागी बिद्यालय, निर्णायक र प्रतियोगिता सफल बनाउन योगदान पुर्याउने विभिन्न संघसंस्था र व्यक्तिहरुलाइ पनि सम्मानपत्र प्रदान गरिएको थियो । समापन कार्यक्रममा बोल्दै छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष बुढाथोकीले विद्यार्थी तथा युवाहरुलाई खेलकुदतर्फ आकर्षित गर्न यस्ता प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले खेलकुदका कृयाकलापहरुलाइ व्यवस्थित बनाउदै यस क्षेत्रको बिकासका लागि गाउँपालिकाले प्राथमिकतासाथ काम गरिरहेको उल्लेख गरे ।
यस्तै गाउँपालिका उपाध्यक्ष खत्रीले खेलकुदले व्यक्तिको शारीरिक तथा मानसिक विकासमा सकारात्मक प्रभाव पार्ने भन्दै निरन्तर अभ्यास तथा सहभागिता आवश्यक रहेको बताइन् । प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी, वडा अध्यक्षहरु सहित अन्य जनप्रतिनिधिहरु, भुमि समस्या समाधान आयोग सल्यानका सदस्य ज्ञान बहादुर खड्का, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापक लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण पत्रकार शंकर केसीले गरेका थिए ।