ट्रेण्डिङ

होमपेज / खेलकुद

मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा बागचौर नगरपालिका विजयी

  सल्यान खबर डेस्क २०८१ आश्विन ३ गते बिहीबार २०:३८:५१ मा प्रकाशित

असोज ३,सल्यान 

संविधान दिवसको अवसर मा सल्यानको बागचौर नगरपालिका र दार्मा गाउँपालिकाका कर्मचारी बिच थारमारेमा भएको मैत्रीपूर्ण टी २० क्रिकेट प्रतियोगिताको दुई खेलमा बागचौर नगरपालिका विजयी  भएको छ । 

निर्धारित २० ओभरको पहिलो खेलमा दार्मा गाउँपालिकाले १८ ओभरमा आफ्ना सम्पुर्ण विकेटहरु गुमाउँदै ७९ रनमा समेटियो । ८० रनको लक्ष्य लिएर जवाफि ब्याटिङमा उत्रिएको बागचौर नगरपालिकाले १० ओभरमा आफ्नो ३ विकेट गुमाउँदै पहिलो खेल ७ विकेटले जित्यो ।

यस्तै दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको बागचौर नगरपालिकाले निर्धारित २० ओभरको खेलमा आफ्नो ७ विकेट गुमाउँदै १८९ रन बनायो । १९० रनको लक्ष्य लिएर जवाफि ब्याटिङमा उत्रिएको दार्मा गाउँपालिका १२ ओभरमा आफ्नो सम्पुर्ण विकेट गुमाउँदै ८१ रनमा अल आउट भयो र बागचौर नगरपालिकाले १०९ रनले विजयी भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top