ट्रेण्डिङ

होमपेज / खेलकुद

दमाचौरमा पाँचौ वडा अध्यक्ष कप सुरु

  सल्यान खबर डेस्क २०८१ बैशाख ११ गते मंगलबार ०५:३९:०२ मा प्रकाशित

सल्यान, ११ बैशाख ।

सल्यानको दमाचौरमा आयोजित कार्यक्रमका वक्ताहरुले खेलकुदको माध्यमबाट सामाजिक एकतासंगै स्वस्थ र प्रतिस्पर्धी जनशक्ती उत्पादन गर्न सकिने धारणा व्यक्त गरेका छन् । छत्रेश्वरी गाउँपालिका वडा नम्बर १ को पाँचौ वडा अध्यक्ष कप उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले खेलको महत्वबारे चर्चा गर्दै यस्तो धारणा राखेका हुन् ।

छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले खेलकुदलाइ मनोरञ्जनको रुपमा मात्र हेर्न नहुने भन्दै स्वस्थ प्रतिस्पर्धा, सामाजिक एकता, देशको सान र स्वस्थ जीवनयापनका लागि खेलकुदको महत्व रहेको बताए । 

गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले अनुशासित भएर उत्कृष्ट खेल प्रदर्शनका लागि खेलाडिहरुलाइ अनुरोध गरिन । उद्घाटन कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष प्रकाश हमालले खेल प्रतिभाको बिकास संगै मौलिक कला संस्कृति प्रदर्शन र संरक्षणको लागि समेत आफुहरुले काम गरिरहेको बताए । 

वडा नम्बर २ का वडा अध्यक्ष प्रेम बहादुर नेपाली, वडा नम्बर ३ का वडा अध्यक्ष तिर्थराज दाहाल लगाएतले मन्तव्य राखेका थिए । १३ गतेसम्म संचालन हुने वडा अध्यक्ष कपमा भलिवल, लङ जम्प, सटपुट, दौड, रस्साकस्सी, घैटाफोड, हाजिरिजवाफ लगायतका प्रतियोगिता संचालन हुने वडा सचिव महेश बुढाले जानकारी दिए । 

वडा सदस्यहरु भिम बहादुर शाही, दिपा घर्ती, सुनिता विक, नेकपा एमाले छत्रेश्वरीका अध्यक्ष ज्ञान बहादुर खड्का, विभिन्न राजनितिक दलका वडा कमिटी अध्यक्षहरु, खेलकुद विकास समिती छत्रेश्वरीका अध्यक्ष सुरेन्द्र चन्द, विभिन्न बिद्यालयका प्रधानाध्यापक, विभिन्न समूह, सहकारी एवम संघ संस्थाका प्रमुख प्रतिनिधिहरुको सहभागिता थियो । सो अवसरमा स्थानीय समूहहरुले मौलिक कला संस्कृती प्रस्तुत गरेका थिए । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top