होमपेज / खेलकुद
चैत २८,सल्यान
सल्यानमा अन्तरपालिका स्तरीय शारदा मेयर टि–२० कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । आजदेखी २०८१ बैशाख ३ गतेसम्म शारदा मेयर टि–२० कप क्रिकेट प्रतियोगितामा आठ समूहको सहभागिता रहेको छ ।
आजको पहिलो खेलमा समूह ए मा रहेको बागचौर नगरपालिकाले कपुरकोट गाउँपालिकालाई ७० रनले पराजित गर्दै तीन अंक जोडन सफल भएको छ । टस जितेर पहिले व्याटिङ राजेको बागचौर नगरपालिकाले ९ विकेटको क्षतिमा १५३ रन बनाएको छ । १५४ रनको लक्ष्य पछ्याएको कपुरकोट गाउँपालिकाले १८ दशमलव ३ बलमा सबै विकेट गुमाउदै ८३ रनमै समेटिएको थियो । बागचौरका लागि भुवन वलीले १० रन खर्चिएर ३ विकेट लिदै प्लयेर अफ द म्याच घोषित भए ।
नगर प्रमुख भण्डारीले प्रतियोगिताको विजेता टिमले एक लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँ पुरस्कार पाउने बताउनुभयो । जसमा प्लेयर अफ म्याच, प्लेयर अफ द सिरिज, वेष्ट बलर, वेष्ट ब्याट्सम्यान, वेष्ट किपर लगायतका विधामा पनि पुरस्कृत गरिने उहाँको भनाइ छ । शारदा नगरपालिकाले विनियोजन गरेको ५ लाख रुपैँयाबाट प्रतियोगिता सञ्चालन गर्न थालिएको हो । जिल्लाका आठ स्थानीय तह सहभागि हुने प्रतियोगितामा दुई समूहमा विभाजन गरिएको छ । जसको समूह ए मा बनगाड कुपिण्डे नगरपालिका, बागचौर नगरपालिका, कपुरकोट र कालिमाटी गाउँपालिका रहेका छन् भने समूह वि मा सिद्ध कुमाख, छत्रेश्वरी,, त्रिवेणी गाउँपालिका र शारदा नगरपालिका रहेका छन् ।
क्रिकेट प्रतियोगिताको व्यवस्थापन क्रिकेट संघ सल्यानले गरेको छ । प्रतियोगितामा सहभागि भएका ८ वटा पालिकालाई दुई समुहमा विभाजन गरेर आइसिसिको नियमअनुसार लिग चरणमा खेल हुने छ ।
लिग चरणमा फाइनल सहित १३ वटा खेल हुने जिल्ला क्रिकेट संघ सल्यानका अध्यक्ष तथा शारदा नगरपालिका–२ का वडाअध्यक्ष सविन हमालले जानकारी दिनुभयो ।