ट्रेण्डिङ

होमपेज / खेलकुद

सल्यानमा शारदा मेयर टि–२० कप क्रिकेट प्रतियोगिता हुने

  सल्यान खबर डेस्क २०८० चैत्र २७ गते मंगलबार २१:०६:५६ मा प्रकाशित

चैत २७,सल्यान 
सल्यानमा अन्तरपालिका स्तरीय शारदा मेयर टि–२० कप क्रिकेट प्रतियोगिता हुने भएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारीले २०८० चैत २८ गते देखी २०८१ बैशाख ३ गतेसम्म  शारदा मेयर टि–२० कप क्रिकेट प्रतियोगिता हुने जानकारी दिनु भयो । 

नगर प्रमुख भण्डारीले प्रतियोगिताको विजेता  टिमले एक लाख रुपैँया र उपविजेता टिमले ५० हजार रुपैँया पुरस्कार पाउने बताउनुभयो । जसमा प्लेयर अफ म्याच, प्लेयर अफ द सिरिज, वेष्ट बलर, वेष्ट ब्याट्सम्यान, वेष्ट किपर लगायतका विधामा पनि पुरस्कृत गरिने उहाँको भनाइ छ । शारदा नगरपालिकाले विनियोजन गरेको ५ लाख रुपैँयाबाट प्रतियोगिता सञ्चालन गर्न थालिएको हो । जिल्लाका आठ स्थानीय तह सहभागि हुने प्रतियोगितामा दुई समूहमा विभाजन गरिएको छ । जसको समूह ए मा बनगाड कुपिण्डे नगरपालिका, बागचौर नगरपालिका, कपुरकोट र कालिमाटी गाउँपालिका रहेका छन् भने समूह वि मा सिद्ध कुमाख, छत्रेश्वरी,, त्रिवेणी गाउँपालिका र शारदा नगरपालिका रहेका छन् । 
क्रिकेट प्रतियोगिताको व्यवस्थापन क्रिकेट संघ सल्यानले गरेको छ । प्रतियोगितामा सहभागि भएका ८ वटा पालिकालाई दुई समुहमा विभाजन गरेर आइसिसिको नियमअनुसार लिग चरणमा खेल हुने छ । जसमा समुह ए मा बन्गाड कुपिण्डे नगरपालिका, कपुरकोट गाउँपालिका, बागचौर नगरपालिका र कालिमाटी गाउँपालिका छन् । यस्तै समुह वि मा सिद्ध कुमाख गाउँपालिका, छत्रेश्वरी गाउँपालिका, शारदा नगरपालिका र त्रिबेणी गाउँपालिका रहेका छन् ।

लिग चरणमा फाइनल सहित १३ वटा खेल हुने जिल्ला क्रिकेट संघ सल्यानका अध्यक्ष तथा शारदा नगरपालिका–२ का वडाअध्यक्ष सविन हमालले जानकारी दिनुभयो । दुबै समुहबाट पहिलो हुने २ टिम फाइनलमा उपाधिका लागि भिड्ने छन् । देशभरमा नै क्रिकेटको माहोल बढ्दै गएको अवस्थामा क्रिकेट खेलाडीको प्रोत्साहन गर्न र खेल क्षेत्रको विकास गर्नका लागि यस प्रतियोगिता कोशेढुंगा सावित हुने उहाँको भनाइ छ ।

शारदा मेयर टि–२० कप क्रिकेट प्रतियोगिता शारदा नगरपालिका–२ स्थित लुहापिङ खेलमैदानमा हुने छ । प्रतियोगितामा प्रत्येक टिमबाट १६र१६ जना खेलाडी सहभागि हुने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top