होमपेज / खेलकुद
चैत २६,सल्यान
सल्यान जिल्ला व्याडमिन्टन संघ सल्यानको तेस्रो अधिवेशन सोमबार सम्पन्न भएको छ । अधिवेशनले हिमाल यात्रीको अध्यक्षतामा १५ सदस्सीय जिल्ला व्याडमिन्टर संघ गठन गरेको छ ।
जसको उपाध्यक्षमा भिम वली,नेव वहादुर रावत,कमल घर्ती,टेकराज शाही सचिव विस्वनाथ सिहँ र कोषाध्यक्ष ज्योती सुनार रहनु भएको छ । यस्तै सदस्यहरुमा प्रभात कुमार श्रेष्ठ,पदम देवकोटा अन्य सदस्यहरु विधानत पछि थप गरिने भएको छ।
यसैगरी दिपक वुढाथोकीको संयोजकत्वमा ५ सदस्य सल्लाहाकर समिति गठन भएको छ जसको सदस्यमा डम्वर केसी,पुष्कर वस्नेत,विरेन्द्र श्रेष्ठ,रण वहादुर खडका रहनु भएको छ।
कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष मान वहादुर मल्ल, जिल्ला खेलकुद विकास समिति सल्यानका अध्यक्ष खडक आचार्य, जिल्ला व्याडमिन्टन संघ सल्यानका सल्लाहकार दिपक वुढाथोकी,पुष्कर वस्नेत,ज्योती सुनारको उपस्थिति रहेको थियो । जिल्ला व्याडमिन्टन संघ सल्यानका कार्यबहाक अध्यक्ष तथा व्याडमिन्टन संघ प्रदेश उपाध्यक्ष गुमान सिहँ वस्नेतको अध्यक्षता सचिव हिमाल योगीको सन्चालन रहेको थियो ।