ट्रेण्डिङ

होमपेज / खेलकुद

कुमाख अध्यक्ष कपको उपाधि वडा न न २ लाई

  सल्यान खबर डेस्क २०८० फाल्गुण २३ गते बुधबार १७:५०:०२ मा प्रकाशित

फागुन २३,सल्यान 
सल्यानको कुमाख गाउँपालिकामा  सम्पन्न अध्यक्ष कपको उपाधी वडा नं २ ले जितेको छ । २० खेलमा ६ स्वर्ण, ३ रजत र ४ कास्य पदक सहित वडा नं २ प्रथम बनेको हो ।
५ स्वर्ण सहित दोस्रो बनेको वडा नं ३ ले २ रजत र ४ कास्य पदक प्राप्त गरेको छ ।

त्यस्तै वडा नं १ ले ४ स्वर्ण, ६ रजत र १ कास्य सहित तृतिय बनेको छ ।प्रतियोगितामा महिला १० र पुरूष १० गरि सात वटै वडाबाट २० खेलका लागि प्रतिस्पर्धा भएको थियो ।

भलिवल, हाईजम्प, लङजम्प, त्रिपलजम्प, सटपट, ज्याव्लिङ थ्रो का साथै ३ हजार, १५ सय, ४ सय, र १ सय मिटर दौडमा प्रतिस्पर्धा भएको हो ।
समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष मान बहादुर बुढाथोकीले खेलकुद मैदानको आवश्यकता भएको महसुस भएको भन्दै खेल मैदान फराकिलो, र राम्रो बनाउने प्रतिवद्धता व्यक्त गर्नु भयो । 

कार्यक्रममा उपाध्यक्ष लाल बहादुर रावतले खेल मैदानको अभावका कारण खेलकुद व्यवस्थित गर्न अप्ठ्यारो भएपनि सफल बनाएको खुसी  व्यक्त गर्नु भयो ।
हारजित स्वभाविक भन्दै उहाँले राष्ट्रिय स्तरमा छनौट हुने सम्भावना भएका खेलाडीलाई प्रोत्साहन गर्नुपने बताउनु भयो  । अनुशासनलाई ख्याल राख्नुपर्ने जनाउदै रावतले छात्राहरूको भलिवल उच्च प्रशंसा गर्न लायक रहेको र  हरेक खेलाडीलाई सम्मान गर्नुपर्ने धारणा राख्नु भयो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top