ट्रेण्डिङ

होमपेज / खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा छत्रेश्वरी गाउँपालिको ह्याट्रिक

  सल्यान खबर डेस्क २०८० माघ २४ गते बुधबार १२:४७:५६ मा प्रकाशित

माघ २४,सल्यान 
सल्यान जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको प्रतियोगितामा छत्रेश्वरी गाउँपालिकाले ह्याट्रिक गरेको छ । मंगलबार कपुरकोट गाउँपालिका ५ रिममा सम्पन्न १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तेस्रो पटक  उपाधि जितेर ह्याट्रिक गरेको हो । 

तीन नगरपालिका र सात गाउँपालिका सहभागि भएको प्रतियोगितामा छत्रेश्वरी गाउँपालिकाले १५ स्वर्ण, १२ रजत र ११ कास्य सहित ३८ पदक हात पार्दै छत्रेश्वरी गाउँपालिका प्रथम भएको जिल्ला खेलकुद विकास समिति सल्यानले जनाएको छ । 

यस्तै कपुरकोट गाउँपालिकाले १० स्वर्ण, ११ रजत र १३ कास्य सहित ३४ पदक सहित दोस्रो, ९ स्वर्ण, ७ रजत र ८कास्य गरी २४ पदक सहित शारदा नगरपालिका तृतीय भएको छ । ७ स्वर्ण, ८ रजत २ कास्य गरी १७ पदक सहित दामौ गाउँपालिका चौथो, ५ स्वर्ण, ४ रजत र ३ कास्य गरी १२ पदक सहित कुमाख गाउँपालिका पाँचौं भएको छ । 
यस्तै ३ स्वर्ण, ६ रजत र १२ कास्य गरी २१ पदक सहित सिद्धकुमाख गाउँपालिका छैटौं, ३ स्वर्ण, ६ रजत र ८ कास्य गरी १७ पदक सहित बागचौर नगरपालिका सातौं, १ स्वर्ण, २ रजत र ५ कास्य गरी ८ पदक सहित त्रिवेणी गाउँपालिका आठौं, १ स्वर्ण र १ कास्य गरी २ पदक सहित कालिमाटी गाउँपालिका नवौं र २ कास्य सहित बनगाड कुपिण्डे नगरपालिका दशौं भएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top