ट्रेण्डिङ

होमपेज / खेलकुद

सल्यान कपुरकोटमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियागिताको सुरु

  सल्यान खबर डेस्क २०८० माघ २१ गते आइतबार २०:४१:२७ मा प्रकाशित

माघ २१,सल्यान 
सल्यानको कपुरकोट गाउँपालिकामा १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियागिता सुरु भएको छ  । गाउँपालिकाको जीवन ज्योती नमुना माध्यमिक बिद्यालय रिममा आजदेखि २३ गते सम्म  सञ्चालन हुने छ । 

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियागितामा बिभिन्न ४ बिधामा ५२ स्वर्ण पदकका लागि जिल्लाका १० पालिकाले प्रतिस्पर्धा गर्ने खेलकुद बिकास समिति सल्यानका अध्यक्ष खड्ग आचार्यले जानकारी दिनु भयो । प्रतियागितामा पुरुष तथा महिला भलिबल,कबड्डी,एथ्लेक्टिक्सका सम्पूर्ण खेल र मार्सल आर्ट अन्तर्गतका कराँते,तेक्वान्दोमा प्रतिस्पर्धा हुने आचार्यको भनाई छ ।

खेलकुद बिकास समिति सल्यानको आयोजना तथा जीवन ज्योती नमुना माध्यमिक बिद्यालयको ब्यबस्थापनको आयोजनामा हुन लागिको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियागिता चाहिने सम्पूर्ण खेलकुदका सामाग्री भने कपुरकोट गाउँपालिकाले ब्यबस्थापन गर्ने छ ।  प्रतियोगिताको उद्घाटन नेपाल सरकारका भौतिक पुर्बाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले गर्नु भएको हो । 

शिल्डको उद्घाटन गर्दै भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राष्ट्रको गरिमा र ईज्जत बढाउनको लागि खेलकुदको अत्यन्त ठुलो महत्व रहेको बताउनुभयो ।

खेलाडीले अहिलेसम्म बिभिन्न सफलता र उपलब्धी हासिल गर्दै आईरहेकाले अन्र्तराष्ट्रिय क्षेत्रमा समेत नेपालको प्रतिष्ठा जोगिएको उहाँको भनाइ छ । ‘नेपाली खेलाडी र खेलकुदले नेपालीको शिर उचो बनाएको छ, बिभिन्न देशहरुले समेत प्रशंसा गरेका छन्, त्यसैले नेपाली जगतमा मात्र नभएर अन्र्तराष्ट्रिय जगतमा समेत नेपाली खेलाडी र खेलकुदको महत्व देखिएको छ’ मन्त्री ज्वालाले भन्नुभयो ‘खेलकुद स्वास्थ्यका लागि मात्र नभएर राष्ट्रका लागि पनि महत्वपुर्ण छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top