होमपेज / खेलकुद
माघ १७, सल्यान – बागचौर नगरपालिकाको नगर स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि जनकल्यान नमुना माध्यमिक विद्यालयले जितेको छ ।
प्रतियोगितामा १३ स्वर्ण, ८ रजत र १ कांस्य पदक जितेर जनकल्यान नमुना माध्यमिक विद्यालय थारमारेले प्रथम स्थान हासिल गरेको छ । त्यस्तै ११ स्वर्ण, ५ रजत र १ कांस्य पदक सहित दुर्गा सरस्वती माध्यमिक विद्यालय बाफुखोला दोस्रो भएको छ । यस्तै ७ स्वर्ण, ६ रजत र ९ कांस्य पदक सहित सरस्वती माध्यमिक विद्यालय शिवरथ तेस्रो भएको छ । भने ६ स्वर्ण, ५ रजत र ४ कांस्य पदक सहित माध्यमिक विद्यालय लस्तम बनेचौर सान्त्वना भएको छ ।
प्रतियोगितामा एथलेटिक्स तर्फ छात्र उत्कृष्ट खेलाडीको रुपमा दुर्गा सरस्वती माध्यमिक विद्यालय बाँफुखोलाका लोकराज के।सी, छात्रा तर्फ माध्यमिक विद्यालय बनेचाैरका निशा भण्डारीलाई सम्मान गरिएको थियो ।
माघ १४ देखि १६ गते सम्म सञ्चालित प्रतियोगितामा छात्र र छात्रा तर्फका भलिबल, कबड्डी, एथलेटिक्स र मार्सल आर्टका खेलहरूमा नगरपालिकाका १२ वटा माध्यमिक विद्यालयका विद्यार्थी खेलाडीहरूले सहभागिता जनाएका थिए ।
तीन दिनसम्म सञ्चालित प्रतियोगिताको समापन कार्यक्रमका सभाध्यक्ष बागचौर नगरपालिकाका नगर प्रमुख तथा नगर शिक्षा अध्यक्ष जनकराज गौतमले गरेका थिए ।
विभिन्न विधामा जित हासिल गरेका र उत्कृष्ट बनेका खेलाडीहरूलाई र रेफ्रीहरुलाई कार्यक्रमका सभाध्यक्ष नगर प्रमुख जनकराज गौतम लगायत अन्य अतिथिहरूले पदक तथा प्रमाणपत्र प्रदान गर्नुका साथै सम्मान गरेका थिए ।





.jpg)