ट्रेण्डिङ

होमपेज / खेलकुद

त्रिवेणी गाउँपालिका स्तरिय पाँचौं अध्यक्ष कप तथा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न

  सल्यान खबर डेस्क २०८० माघ १७ गते बुधबार १३:१४:११ मा प्रकाशित

माघ १७,सल्यान 

सल्यानको त्रिबेणी गाउँपालिकामा आयोजित पाँचौ अध्यक्ष कपको उपाधी वडा नम्बर ३ र राष्ट्रपति रनिङ शिल्ड प्रतियागिताको शिल्ड जनता माध्यमिक बिद्यालय काभ्राले जितेको छ ।

रिखे खेल मैदानमा भएको अध्यक्ष कप भलिबल प्रतियोगितामा वडा नम्बर १ लाई हराउँदै वडा नम्बर ३ ले उपाधी जितेर नगद ५० हजार पुरस्कार हात पारेको हो । भने द्धितिय हुने वडा नम्बर १ ले ३० हजार र तृतिय हुने वडा नम्बर ५ ले २० हजार पुरस्कार हात पारेको प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर केसीले जानकारी दिनु भयो ।

यस्तै राष्ट्रपति रनिङ शिल्ड प्रतियागितामा २१ स्वर्ण,६ रजत र ७ काँस्य जितेर जनता माध्यमिक बिद्यालय काभ्राले शिल्ड जितेको हो । यस्तै सरस्वती माध्यमिक बिद्यालय सिम्कले ९ स्वर्ण,११ रजत र ७ काँस्य जितेर दोस्रो भएको छ भने सल्यान पब्लिक स्कुल लहामले ४ स्वर्ण,१२ रजत र १० काँस्य जितेर तेस्रो भएको छ ।

गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियागितामा जम्मा ४२ स्वर्ण पदकका लागि भलिबल,कबड्डी,एथ्लेक्टिक्स र मार्सल आर्ट गरी ४ बिधामा ७ वटा माध्यमिक बिद्यालय,१८ स्वर्ण पदकका लागि कक्षा (५(८) आधारभुत बिद्यालय र ८ स्वर्णका लागि कक्षा (१(५) आधारभुत बिद्यालयले प्रतिस्पर्धा गरेको शिक्षा अधिकृत गणेश आचार्यले जानकारी दिनु भयो ।

गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियागिता सकिए संगै यही माघ २० गते देखि जीवन ज्योती नमुना मा.बि कपुरकोट ५ रिममा हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि पालिकाबाट छनोट बिद्यार्थी खेलाडीलाई अभ्यासको गराउने कार्य अगाडी बढाइएको आचार्यको भनाई छ ।।

प्रतिक्रिया

सम्बन्धित खवर

Top