ट्रेण्डिङ

होमपेज / खेलकुद

सल्यानको त्रिबेणीमा पाँचौं अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

  सल्यान खबर डेस्क २०८० माघ १४ गते आइतबार १७:५०:५३ मा प्रकाशित

माघ,१४ सल्यान                         
सल्यानको त्रिबेणी गाउँपालिकामा आइतबार देखि पाचौं अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियागिता सुरु भएको छ । गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद बिकास शाखाको आयोजनामा वडा नम्बर ३ को रिखे खेल मैदानमा प्रतियोगिता सुरु भएको हो  ।

माघ १४ गते देखि १६ गते सम्म सञ्चालन हुने पाचौं अध्यक्ष कप प्रतियोगिता अन्तर्गत वडा स्तरीय भलिबल प्रतियोगिता हुने छ । प्रतियोगितामा प्रथम हुने वडाले ५० हजार,द्धितिय हुनेले ३० हजार,तृतिय हुने वडाले २० हजार र उत्कृष्ट खेलाडीले ५ हजार नगद सहित शिल्ड र प्रमाण पत्र पाउने प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर केसीले जानकारी दिनु भयो ।

यस्तै गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियागितामा जम्मा ४२ स्वर्ण पदकका लागि भलिबल,कबड्डी,एथ्लेक्टिक्स र मार्सल आर्ट गरी ४ बिधामा ७ वटा माध्यमिक बिद्यालय,१८ स्वर्ण पदकका लागि कक्षा (५(८) आधारभुत बिद्यालय र ८ स्वर्णका लागि कक्षा (१(५) आधारभुत बिद्यालयले प्रतिस्पर्धा गर्न लागेको शिक्षा अधिकृत गणेश आचार्यले जानकारी दिनु भयो ।

प्रतियोगिताको उद्घाटन गर्दै कर्णाली प्रदेश सभा सदस्य सुरेश अधिकारीले खेल क्षेत्रबा नै देशलाई विश्वसामु चिनाउन सकिने बताउनु भयो । खेलले व्यक्तिलाई अनुशासित र स्वस्थ्य बनाउने मात्र नभई देशलाई नै अन्तराष्ट्रियस्तरमा चिनाउने काम गरेको बताउनु भयो । उहाँले भन्नु भयो खेल क्षेत्रको विकासबाट मुलुकको समग्र विकास गर्न सकिन्छ । 
कार्यक्रममा त्रिवेणी गाउँपालिका निवर्तमान अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, राजनीतिक दल, सुरक्षा निकायको समेत उपस्थिति रहेको थियो । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top