ट्रेण्डिङ

होमपेज / खेलकुद

छत्रेश्वरीमा राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा

  सल्यान खबर डेस्क २०८० पौष २५ गते बुधबार २१:१६:४६ मा प्रकाशित

सल्यान, २५ पुस ।

विद्यालय स्तरका खेलाडीहरूको खेल प्रतिभाको विकास र प्रस्फुटन गर्नका लागि सल्यानको छत्रेश्वरी गाउँपालिकामा बिहीबार देखी राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु हुने भएको छ । पालिका स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सबै तयारी पुरा भइसकेको छत्रेश्वरी गाउँपालिकाले जनाएको छ । 

वडा नम्बर ६ स्थित शारदा माध्यमिक विद्यालय शंखमुलको खेलमैदानमा हुने प्रतियोगितामा पालिकाभित्रका ९ वटा विद्यालयले भाग लिने गाउँपालिकाका प्रवक्ता फौद बहादुर बस्नेतले जानकारी दिए । यही पुस २८ गते सम्म सञ्चालन हुने प्रतियोगिता अन्तर्गत बिहीबार बिहान ११ बजेदेखि उद्घाटन सत्र चल्ने छ । 

रनिङ शिल्ड प्रतियोगितामा छात्रछात्राको भलिबल, कबड्डी, एथलेटिक्स तर्फ दौड, उफ्रने, फ्याँक्ने खेलहरू सञ्चालन हुनेछन् । यस्तै मार्सल आर्ट तर्फ किराते, तेक्वान्दो, उसुका खेलहरू पनि सञ्चालन हुने गाउँपालिका स्तरीय खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र चन्दले जानकारी दिए । प्रतियोगितालाई सभ्य र सफल बनाउन गाउँपालिकाले शिक्षा अधिकृत केशर वलीको संयोजकत्वमा व्यवस्थापनका लागि जिम्मेवारी बाँडफाँड पनि गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top