ट्रेण्डिङ

होमपेज / खेलकुद

छत्रेश्वरीमा राष्ट्रपति रनिङ शिल्डको तयारी सुरु

  सल्यान खबर डेस्क २०८० पौष १९ गते बिहीबार १८:२७:०६ मा प्रकाशित

सल्यान, १९ पुस ।

सल्यानको छत्रेश्वरी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्डको तयारी गर्न खेलकुद विकास समितिको पहिलो बैठकमा विभिन्न छलफल भएको छ । सो अवसरमा पालिका स्तरीय खेलकुद विकास समितिका सम्पूर्ण पदाधिकारीलाई मनोनयन पत्र समेत प्रदान गरिएको छ । 

मनोनयन पत्र हस्तान्तरण  गर्दै गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले यही पुसको २६ देखि २८ गते सम्म शारदा माध्यमिक विद्यालय शंखमुलमा सञ्चालन हुने पालिका स्तरीय छैटौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितालाई व्यवस्थित तवरले सम्पन्न गर्न तथा खेलकुद गतिविधिहरुलाइ प्रभावकारी रूपले अघि बढाउन समितिका सबै सदस्यहरूको महत्त्वपूर्ण जिम्मेवारी हुने बताए । 

यस्तै गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगीले नवगठित खेलकुद विकास समितिको सक्रियता र सृजनशीलताको अपेक्षा व्यक्त गरेका थिए । 

राष्ट्रपति रनिङ शिल्ड सञ्चालनका लागि आगामी कार्य योजना, तयारी सहितको पहिलो बैठक सम्पन्न भएको खेलकुद विकास समिति छत्रेश्वरीका अध्यक्ष सुरेन्द्र चन्दले जानकारी दिए । पुस १७ गते छत्रेश्वरी गाउँपालिकाको गाउँ शिक्षा समितिले राष्ट्रपति रनिङ शिल्ड सञ्चालनका लागि आवश्यक निर्णय गरेको र त्यसैको तयारी लगायतका सन्दर्भमा बिहीबार समितिको बैठक सम्पन्न भएको समितिका सदस्य सचिव तथा गाउँपालिकाका शिक्षा अधिकृत केशर वलीले जानकारी दिए । 

छत्रेश्वरी गाउँपालिकाको खेलकुद विकास समिति गठन तथा क्रियाकलाप सञ्चालन सम्बन्धी कार्यविधि, २०८० बमोजिम गत कार्तिक २० गतेको कार्यपालिका बैठकले पालिका स्तरीय समिति गठन गरेको थियो 

प्रतिक्रिया

सम्बन्धित खवर

Top