ट्रेण्डिङ

होमपेज / खेलकुद

सल्यानको बनगाडमा नेपाल डोरी तान सङ्घ गठन

  सल्यान खबर डेस्क २०८० पौष ६ गते शुक्रबार २०:२३:२८ मा प्रकाशित

पुस ६,सल्यान 

सल्यान वनगाड कुपिण्डे नगरपालिकामा नेपाल डोरी तान सङ्घ नगर स्तरीय कार्यसमिति शुक्रवार गठन गरिएको छ । कृष्ण बहादुर साहीको अध्यक्षतामा १३ सदस्यीय  समिति गठन गरिएको जिल्ला सदस्य अनिल बुढाथोकीले जानकारी दिएका छन् । 

जसको उपाध्यक्षमा वीरेन्द्र बुढा, सचिवमा हिरालाल नेपाली र कोषाध्यक्षमा रतन परियार र सदस्यहरूमा नरेश बि सी,सुदिप शाही,राजेन्द्र बुढा,भूपेन्द्र बि क,वसन्त यरि,पृथम बिस्ट,मोहन रावत,वकिल राणा,भरत विष्ट,गणेश बिस्ट,गणेश वली,सन्तोष बुढा र लक्षमन पुरी चयन भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि तथा नेपाल डोरी तान सङ्घ कर्णाली प्रदेश कोषाध्यक्ष तथा टेक्निकल विभाग प्रमुख हरिलाल खडकाले स्वास्थ्यका लागि खेला राष्ट्रका लागि खेल भएकोले यसलाई सबै लागेर अगाडि बढाउनु पर्ने बताउनु भएको छ । खेल बिस्तारै राष्ट्रिय अन्तर्राष्ट्रिय सम्म डारितान खेलमा नेपालको पहिचान बनाउनु पर्ने समेत बताउनु भएको छ । यो खेल बिस्तारै सबै क्षेत्रमा आयोजना हुँदै गएको समेत बताउनु भएको छ । अतिथि उमाकान्त दाहाल, अनिल बुढाथोकी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top