ट्रेण्डिङ

होमपेज / खेलकुद

कपुरकोट गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड जीवन ज्योती नमुना मा.बि.लाई

  सल्यान खबर डेस्क २०८० मंसिर २५ गते सोमबार १४:३३:१२ मा प्रकाशित

मंसिर २५,सल्यान 
सल्यानको कपुरकोट गाउँपालिकामा आयोजित पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियागिताको शिल्ड जीवन ज्योती नमुना माध्यमिक विद्यालय कपुरकोट ५ रिमले जितेको छ । नमुना माबि रिमले लगातार तेस्रो पटक जितेर ह्याट्रिक गर्दै शिल्ड जितेको हो ।

कपुरकोट गाउँपालिका वडा नम्बर ६ छाँयानाथमा रहेको भवानी माध्यमिक विद्यालयमा मंसिर २२ गते देखि सुरु भएको पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियागिता नमुना माबि रिमले २४ स्वर्ण,१९रजत र १३ काँस्य जितेको छ ।

यस्तै १२ स्वर्ण, १५रजत र १९ कांस्य जितेर नेपाल राष्ट्रिय माध्यमिक विद्यालय किमुचौर दोस्रो भएको छ भने ९ स्वर्ण,१० रजत र ८ काँस्य जित्दै कालिका मा.वि. कपुरकोट तेस्रो भएको छ ।
७ स्वर्ण, १० रजत र ८कांस्य जितेर भवानी मा.वि. छाँयानाथ चौंथो र ५ रजत र ७ काँस्य जितेर बीरेन्द्र माबि गर्पा पाँचौ भएको प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले जानकारी दिनुभयो ।

गाउँपालिका भित्र रहेका ५ वटा माध्यमिक बिद्यालय बिच ४ वटा बिधामा ५४ स्वर्ण पदकका लागि भएको प्रतियोगिताको शिल्ड जीबन ज्योती नमुना मा.वि.रिमले जितेको हो । 
गाउँपालिको आयोजना,कपुरकोट खेलकुद बिकास समितिको सहजिकरण तथा भवानी मा.वि.छाँयानाथको ब्यबस्थापनमा पालिका स्तरीय प्रतियागिता भएको थियो । यस बर्षको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जीवन ज्योती नमुना मा.वि रिममा हुदैछ  ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top