ट्रेण्डिङ

होमपेज / खेलकुद

सल्यानमा अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता सुरु

  सल्यान खबर डेस्क २०८० मंसिर ४ गते सोमबार १९:१०:३४ मा प्रकाशित

मंसिर ४,सल्यान 
सल्यानमा अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता सोमबारदेखि सुरु भएको छ । जिल्ला भलिबल संघ सल्यानको आयोजनामा त्रिवेणी गाउँपालिका वडा नं ६  लुहाममा अन्तरपालिका स्तरीय पुरुष भलिबल खेलाडी छनौट प्रतियोगिता सुरु भएको हो ।
आजदेखि  उद्घाटन भएको प्रतियोगिता मङ्सिर ६ गतेसम्म संचालन हुनेछ ।

कर्णाली प्रदेश भलिबल संघको आयोजनामा २०८० मङ्सिर २० देखि २५ गतेसम्म विरेद्रनगर सुर्खेतमा सञ्चालन हुने ३४ औं राष्ट्रिय पुरुष भलिवल प्रतियोगिता तथा २०८० मङ्सिर ०७ देखि ०९ गतेसम्म सञ्चालन हुने प्रदेश स्तरीय खेलाडी छनौट प्रतियोगितामा सल्यान जिल्लावाट टिम सहभागी गराउन जिल्लामा अन्तरपालिका स्तरीय खेलाडी छनौट प्रतियोगिताको आयोजना गरिएको आयोजनकले जनाएको छ । 

जिल्ला भलिबल संघ सल्यानका अध्यक्ष खेमराज के.सीको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन समारोहमा प्रमुख अतिथि बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गौतम रहनुभएको थियो । अन्य अतिथिहरुमा त्रिवेणी गाउँपालिकाका अध्यक्ष खिम बहादुर रावत, छत्रेश्वरी गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकी, त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष सीता खडका पुन,  विभिन्न पालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, सुरक्षाकर्मी, खेलाडी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top