ट्रेण्डिङ

होमपेज / खेलकुद

बनगाड कुपिण्डे नगर स्तरीय दोस्रो मेयर कप खेलकुद प्रतियोगिता सम्पन्न

  सल्यान खबर डेस्क २०८० बैशाख २४ गते आइतबार ११:५३:१६ मा प्रकाशित

वैशाख २४,सल्यान 

सल्यानको बनगाड कुपिण्डे नगर स्तरीय दोस्रो मेयर  कप खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । तीन दिनसम्म चलेको प्रतियोगितामा पालिका भित्रका १२ वटै वडाको सहभागिता रहेको थियो । 

यही वैशाख २१ गतेदेखि २३ गतेसम्म भएको खेलकुद प्रतियोगितामा महिला, पुरुष भलिबल, फुटबल, ब्याडमिन्टन, महिला पुरुष सट फुट, पुरुष महिला रस्साकस्सी, विधामा प्रथम, द्धितिय, र तृतीय खेलाडीहरूलाई नगद पुरस्कार, मेडल र प्रशंसा पत्र वितरण गरिएको छ । 

प्रतियोगितामा पुरुष भलिबल तर्फ वडा न ८ प्रथम, वडा न ३ द्धितिय र वडा न ४ तृतीय भएका छन् । महिला भलिबल तर्फ वडा न ११ प्रथम, वडा न ३ द्धितिय र वडा न ५ तृतीय भएका छन् । 

फुटबल तर्फ वडा न १ प्रथम र वडा न ७ द्धितिय भएका छन् । 

पुरुष ब्याडमिन्टन तर्फ वडा न ३ प्रथम र वडा न ७ द्धितिय भएका छन् ।  पुरुष सट फुट तर्फ वडा न १ का कृष्ण बहादुर शाही प्रथम, वडा न ५ का गणेश राना द्धितिय र वडा न ३ का दीपक पुन मगर तृतीय हुनु भएको छ । 

यस्तै महिला सट फुट तर्फ वडा न ५ की रुपा खत्री प्रथम, वडा न २ की शुस्मा बुढाथोकी द्धितिय हुनु भएको छ । पुरुष  र महिला रस्साकस्सी तर्फ वडा न १ प्रथम भएका छन् । 

विश्वास बिसी  फुटबल वडा न १, भलिबल तर्फ जनक पुन वडा न ३ महिला भलिबल तर्फ गमला विक वडा न ३ सर्वोकृष्ट फुटबल खेलाडी घोषित भएका छन् । 

कार्यक्रम बोल्दै नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले खेल खेलाउन सहयोग गर्ने सबैलाई हार्दिक बधाई तथा धन्यवाद दिनु भएको छ । खेल  क्षेत्रमा केही कमीकमजोरीलाई सच्याउँदै आउँदो दिनमा सुधार गरेर जाने र नियमित विकास मात्र नभएर सामाजिक विकास गरेर जाने त्यसमा सबैले सहयोग जान अनुरोध गर्नु भएको छ  । केही समस्या भए रचनात्मक सुझाव दिन समेत अनुरोध गर्नु भएको छ । 

त्यस्तै उप प्रमुख पुरुषोत्तम आचार्यले पनि सबैलाई धन्यवाद दिनु भएको छ भने खेलकुद लगायत अन्य क्षेत्रमा विकासले तीव्रता दिएको बताउँदै सबैलाई रचनात्मक सुझाव दिएर सहयोग गर्ने अनुरोध गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top